महिला हिंसा सहने र गर्ने दुवै दाषी

सञ्जीब दुलाल

भक्तपुर 

महिला हिंसा गर्ने र गराउने दुवै दोशी भएको महिला हरुको ठहर रहेको छ । जिल्ला अन्तर पार्टी संजालको आयोजनामा महिला हिंसा न्यूसनकरण तथा अन्तरक्रिया कार्यक्रममा महिलाहरुले हिंसा गर्ने र सहने दुवै दोशी भएको बताएका हुन् । कार्यक्रममा उनीहरुले महिला हिंसाको दर दिन दिनानुनिद बढदै गएको बताउँदै यसको न्यूनिकरणमा छिटो भन्दा छिटो कदम नचाल्ने हो भने यसले ठुलो विकराल रुप लिन सक्ने समेत जनाएका छन् ।

आधा आकास ढाक्ने महिला माथी आजको समयमा पनि हिंसा हुनु लाजमर्दो भएको कार्यक्रमकी प्रशिक्षक एवं प्रदेश नम्वर .३ की प्रदेश सदस्य सरस्वती बाटी बताउँछिन् । उनका अनुसार महिला माथी हुने जघन्य अपराधहरुको विषयमा त मृत्युदण्डको नै ब्यवस्था गरेपनि अतियुक्ती नहुने उनी बताउँछिन् । हाल बलातकार जस्तो अपराधमा समेत मुद्दा दर्ता गर्न समेत कठिन भएको तथा पैसाको चलखेल हुने गरेको प्रति उनले आपत्ती जनाईन । उनका अनुसार महिला माथी हुने हिंसाको सम्वन्धमा त दुर्त गतीमा नै कारवाही हुनु पर्ने उनको भनाई थियो ।

हाल महिला माथी को हिंसालाई सामान्य रुपमा लिनु भन्दा पनि आफ्नो जन्म द्घार माथी नै हुने गरेको हिंसालाई सामान्य रुपमा लिनु नहुने उनको भनाई थियो । महिलाको उक्त द्घार भएर नै संसारमा सवै जन्मेका भएपनि उक्त जन्म द्घार माथी नै हुने हिंसाको सवालमा भने कोही पनि अगाडी नबढनु र उल्टै महिला माथी दिनानुदिन हिंसा बढ्नु समाजको लागि नै धृणित पक्ष भएको उनी बताउँछिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा अन्तर पार्टी संजाल सदस्हरु रजनी जोन्छे र प्रतिमा श्रेष्ठले हाल महिला माथी हुने गरेको हिंसा अपराधको पराकास्टा भएको बताए । उनीहरुले महिला माथी हुने हिंसा न्यूनिकरणका लागि सवै राजनीतिक दल नागरिक समाज र ब्यक्ती आफैमा पनि सुधार आउनु पर्ने उनीहरुको भनाई थियो । आज महिला माथी भएको हिंसा मेलमिलापमा लैजान राजनीतिक दल नै मध्यस्त कर्ताको रुपमा आउनुले राजनीतिक दलको नै संरक्षणमा महिला हिंसाले बढावा पाएको बताए ।

कार्यक्रममा अन्तर पार्टी महिला संजालकी अध्यक्ष लक्ष्मी अवालले महिला माथी हुने हिंसा न्यूनिकरण गर्न महिला आफै पनि सचेत हुनु पर्ने बताईन । उनले हाल कतिपय हिंसा स्वयम महिलाका कारण नै भएका हुँदा पुरुषलाई समेत यसले उत्साही गरेको उनको आरोप रहेको थियो ।
कार्यक्रममा भक्तपुरबाट प्रदेश सभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने महिला सदस्यहरुलाई सम्मान गरिएको थियो ।