ठेकेदार समातिए

काभ्रे

रास

तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला वन कार्यालय अन्र्तगत इलाका वन कार्यलय चौवासको नयाँ भवन बनाउने टेण्डर पाएको अग्रीम निर्माण सेवा कम्पनीको प्रोपाइटर लालप्रसाद चौलागाइलाई बुधवार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविराज थपलियाले बताए ।
२०७३ बैशाख देखि काम सुरु गरिएको २०७४ बैशाखमा सम्पन्न गर्नु पर्ने काम ढिला सुस्ती गरेको कारण थप अनुसन्धनको लागि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रबिराज खडकाले बताए । ४३ लाख रुपैयामा टेण्डरभएको उक्त भवन निर्माण गर्नु पर्ने समयमै हुन नसकेको जिल्ला वन कार्यलय प्रमुख पे्रम खनालले बताए । धेरै पटक निर्माण ब्यवसायी संग सम्पर्क गर्दा सम्पर्कमा नआएर काम ढिला सुस्ती भएको खनालले बताए ।