ग्रेट हिमालय विजयी

राजधानी समाचारदाता

काठमाडौं

ग्रेट हिमालय क्रिकेट एकेडेमी केसीटीसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यू–१६ टी–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको केसीटीसीले ८ विकेटको क्षतिमा ७६ रनमा सीमिति हुन पुग्यो । केसीटीसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे । यस्तै अभियान बस्नेतले २४ बलमा १३ रन र अभिषेक उपाध्यायले १९ बलमा १२ रन जोडे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ ग्रेट हिमायलका विज्ञान गौतमले ४ ओभरमा १४ रन दिँदै ३ विकेट लिए ।

यस्तै अभिषेक थापाले ४ ओभर बलिङ गर्दै ५ रन दिएर २ विकेट, राम सुरतले २ ओभरमा ९ रन २ विकेट, पियुष केसीले ४ ओभरमा ९ रन एक विकेट लिए । यसैगरी, विवेक यादवले ४ ओभर १७ रन र विनित कार्कीले २ ओभरमा १५ रन दिए । ७७ रनको लक्ष लिएर मैदान प्रवेश गरेको ग्रेट हिमालयले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । ग्रेट हिमालयका लागि म्यान अफ दि म्याच अभिषेक थापाले अविजित ४५ बल खेल्दै १७ रन जोडे । यस्तै विवेक यादवले १८ बलमा २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ केसीटीसी बीका गौरव कटुवालले ४ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिए । यस्तै कुशल रुपाखेतीले ४ ओभरमा २२ रन एक विकेट, सुभाष खत्रीले ४ ओभर १३ रन एक विकेट, दीपक बोहरा ४ ओभर ७ रन १ विकेट तथा मनोज यादवले ३.३ ओभर २३ रन दिए । आजै भएको दोस्रो खेलमा सान रातो नेक्सस एकेडेमीसँग ७ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सान रातोले १६.५ ओभर खेलदै १० विकेटको क्षतिमा ७२ रन मात्र बनायो । उसका लागि निश्चल अमात्यले २६ बलमा २३ रन र सक्रिय प्रताप कार्कीले १५ बलमा १२ रन जोडे ।

अन्य खेलाडीले दोहोरो अंक जोडन सकेनन् । बलिङतर्फ नेक्ससका म्यान अफ दि म्याच सुभाष बिकले ३ ओभरमा १७ रन दिँदै ४ विकेट लिए । यस्तै सुमन सुन्दासले ३.४ ओभरमा ८ रन दिँदै ३ विकेट, आविष्कार जोशीले ३ ओभरमा १० रनमा १ विकेट, प्रतिश जिसीले ४ ओभरमा १३ रनका साथ १ विकेट र त्रितराज दासले ३ ओभरमा २२ रन दिए ।

प्रतिउत्तरमा उत्रेको नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउँदै ७४ रनका साथ लक्ष्य पूरा ग¥यो । नेक्ससका लागि चिराग शाहले २१ बलमा २१ रन, विपिन शाहले ३२ बलमा १९ रन र प्रतिश जिसीले ६ बलमा १८ रन जोडे । बलिङतर्फ प्रशान अधिकारीले ४ ओभरमा १७ रनका साथ एक विकेट लिए । सक्रिय प्रताप अधिकारीले ३ ओभमा ११ रन, सिद्धान्त श्रेष्ठले १ ओभरमा ६ रन, सुमित घिमिरेले २ ओभरमा ३० रन र दिवाकर कुंवरले १ ओभरमा ८ रन दिए । म्यान अफ दि म्याच नेक्ससका सुवाष बिकलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्वअध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गरे ।