लागुऔषधसहित युवक पक्राउ

उदयपुर / रास–जिल्ला प्रहरी कार्यालय उदयपुरले लागूऔषधसहित २२ वर्षिय बिष्णु तामाङलाई बुधवार पक्राउ गरेको छ । त्रियुगा नगरपालिका– ११ गाईघाटस्थित ट्याम्पु चोकबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका छन् ।

पक्राउ परेको तामाङको साथबाट डाईजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल, फेला पारेको छ । गस्ती टोलीले शंका लागी जाँचको क्रममा पक्राउ गरेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ । उदयपुर प्रहरीले आगु औषधी प्रयोगकर्ता र विक्रेता दैनिकरूपमा पक्राउ गर्दै आएको छ ।