हाम्रो पात्रोले ल्यायो ‘फुटवल वर्ड कप–२०१८’ एप्स

राजधानी समाचारदाता
काठमाडौ
विश्वकप फुटबल २०१८ महाकुम्भ अव हाम्रो पात्रोबाट हेर्न सकिने भएको छ । बिश्वकप रौनकले विश्वलाई तरङ्गीत पारिरहेबेला हाम्रो पात्रोले एप्स स्टोरमा फुटवल वर्ड कप–२०१८ मार्फत हरेक गतिविधिको अपडेट देखाउने छ ।

हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाका अनुसार फुटवलप्रेमीहरुले बिश्वकप खेलकुदका सवै गतिविधिहरुलाइ यो एप्समार्फत तत्काल सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।

हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नाराकासाथ राष्ट्रिय, अन्तराष्ट्रियका हरेक ठूला, साना गतिविधिलाई अपडेट गर्दै आएको छ ।

हाम्रो पात्रो प्रयोगकर्ताहरूका लागि एप्स स्टोरमा मा सार्वजनिक गरेको नयाँ एप ‘Football World 2018‘ ले एक महिनाभरी हुने यस विश्वकपका प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिने देवकोटाले बताए ।

हाम्रो पात्रोले सन् २०१४ मा पनि विश्वकप फुटबललाई नेपाली प्रयोगकर्तासम्म जोडेको थियो । नया एप्समा फुटबल प्रेमीहरूले खेलका गतिबिधिसंगै आगामी खेलका खेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाण्डरहरू प्रप्त गर्नेछन् । एप्समा आफूलाई मनपर्ने देशलाई फेब्रेट गर्न मिल्ने सुविधा समेत रहेको देवकोटाले बताए । यसका लागि एप्समा देखिने सम्वन्धित देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।