लगातारको निषेधाज्ञाले राजविराज सुनसान, पिसिआर परीक्षणको दायरा बढाउन माग

सप्तरी । दैनिक कोरोना संक्रमित फेला पर्न थालिएपछि समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राख्दै राजविराज नगर क्षेत्र भित्र गरिएको निषेधाज्ञा लगातार चौथो दिन आइतबार पनि जारी छ ।

कोरोना रोकथामका लागि नगर क्षेत्रमा निषेधाज्ञाका साथै सबैभन्दा बढी संक्रमित फेला परेको वडा नं. ६ लाई सिल नै गरिएको छ । १९ जना संक्रमित भेटिएको सो वडामा संक्रमितहरुको संख्या अझै बढ्न सक्ने आंकलनका साथ सडक नै अवरुद्ध गरी आवतजावत समेत बन्द गरिएको छ । निषेधाज्ञाका कारण बजार सुनसान देखिएको छ । निषेधाज्ञा पालना गराउन सडकमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने फाटफुट रुपमा मात्र सर्वसाधारण घरबाहिर निस्केका छन् ।

अनिश्चितकालिन निषेधाज्ञालाई परिस्थितिलाई अध्ययन गरि थपघट गरिन सकिने जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरको भनाई छ ।

गत असार ३१ गते सोही वडाका एक ७३ वर्षिय व्यवसायीको कोरोनाकै कारण मृत्यु हुनुका साथै उनका परिवारजन, कामदार, छिमेकी तथा उनका सम्पर्कमा आएका धेरै जनामा संक्रमण फेला पर्न थालिएपछि स्थानिय प्रशासनको सहयोगमा सो वडा सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवको भनाई छ । उनले सप्तरीका ८३ ठाउँमा क्वारेन्टाइन बनाइएकोमा हाल ३३ वटा क्वारेन्टाइनमा आसंकित राखिएको र दिनहुँ स्वाब संकलन कार्य भइरहेको जानकारी दिए ।

उनले कोरोनाको संक्रमण समुदायमा फैलिने उच्च सम्भावना देखिएकाले सबैलाई उच्च सतकर्ता अपनाउन आग्रह समेत गरेका छन् । सप्तरीमा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या ४ सय २६ पुगेको छ । जिल्लामा दैनिक संक्रमित फेला पर्न थालेपछि स्थानियले पिसिआर परिक्षणको दायरा बढाउन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 502 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी