हाम्रो लक्ष्य : समृद्ध नगर

हाम्रो लक्ष्य : समृद्ध नगर

 

नगरको विकासमा कार्यरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल समृद्ध नगर र सुखी नगरवासी बनाउने इच्छासहित काममा लागिरहेका छन् । उनले नगरका लागि विभिन्न कार्य गरिसकेका छन् भने नयाँमा पनि सक्रिय रूपमा काम गरेका छन् । नगरका विकाससँग केन्द्रित रहेर राजधानी दैनिकका खोटाङ संवाददाता युवराज रोइलाले नगर प्रमुख रिजालसँग गरेको कुराकानीको सम्पादित अंश :

दिपनारायण रिजाल
प्रमुख
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

 निर्वाचित हुनुभन्दा अगाडि जनतासँग गर्नुभएको वाचा कति पूरा गर्नुभएको छ ?

हामी निर्वाचित भइसकेपछि निर्वाचनपूर्व हामी जे गर्न सक्छौं । ती विषयमा केन्द्रित भएर मात्र हामीले वाचा गरेका थियौं । हामीले नगरवासीका बीचमा गरेका वाचा पूरा गर्नमा हामी रात दिन लागिरहेका छौं । नगरवासीका बीचमा गरिएको वाचा यति नै पूरा भयो भनेर त प्रतिशतमा भन्न सक्दिनँ । यद्यपि हामी निर्वाचित भएर पाँच वर्षसम्म के–के गर्ने ? भनेर जनताको बीचमा वाचा गरेका थियौं । ती वाचाहरूलाई क्रमशः पूरा गर्दै गएका छौं ।

 तपाईं निर्वाचित भएपश्चात् के–कस्ता योजना सम्पन्न गर्नुभएको छ ?

म निर्वाचित भएपछि गरेका महŒवपूर्ण योजनाहरू चाहिँ पहिलो कुरा त हामीले देशकै पहिलो आवधिक योजना निर्माण ग¥यौं । खासगरी खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलगायत सबै क्षेत्रका योजनाहरू हामीले सम्पन्न गर्दै अगाडि बढिरहेका छौं ।

निर्वाचित भएको एक वर्ष पूरा हुन लागेको छ । खुसी नगरवासी र समृद्ध नगर निर्माणको योजना कहाँ पुग्यो ?

हामी निर्वाचित भएको एक वर्ष पूरा हुन लागेको छ । हामी भर्खर सुरुवात गर्दै छौं । समग्रमा हाम्रो उद्देश्य भनेको खुसी नगरवासी र समृद्ध नगर निर्माण नै हो । त्यसो भएको हुनाले क्रमशः योजनाबद्ध हिसाबले हाम्रो खुसी नगरवासी र समृद्ध नगर निर्माणको काम अगाडि बढिरहेको छ । हामी चाहन्छौं सम्भव छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पाँच वर्षीय कार्यकालमा हामी समृद्ध नगर निर्माण गर्छौं । त्यसपछि नगर समृद्ध भएपछि नगरवासी आफैं खुसी हुनुहुनेछ ।

 सडक उद्घाटनमा मात्र मेयरले समय खेर फाल्नुभयो भन्ने जनगुनासो छ नि ? के यो सत्य हो ?

सडक उद्घाटन मात्र हैन । सबै खालका योजनाहरू उद्घाटन त गर्नै प¥यो नि । यो त ठूलो उपलब्धि हो नि । योजनाको शिलान्यास गरेर छोडियो भने चाहिँ यो गलत सन्देश हो । शिलान्यास गरेर सम्पन्न गरेर उद्घाटन गर्नु भनेको त सबैभन्दा ठूलो कुरा हो । त्यसो भएको हुनाले सडक उद्घाटनमा पनि पुगेको छु । शिलान्यासमा पनि पुगेको छु । योजना बनाउने काममा पनि पुगेको छु । योजना ल्याउने सन्दर्भमा पनि लागेको छु ।
समग्रमा सबै क्षेत्रमा उत्तिकै समय दिएको छु । त्यसो भएको हुनाले सडक उद्घाटन नजाने भन्ने होइन । हामीले नै सुरुवात गरेको योजना हामी उद्घाटनको क्रममा पुग्नु भनेको ठूलो कुरा हो । हामीले धेरैवटा योजनाहरू सम्पन्न गरेर उद्घाटन गरिसकेका छौं ।

 नयाँ आर्थिक वर्ष सुरु हुन लागेको छ । नयाँ आवका योजनाहरू के–के छन् ?

अहिले हामी निश्चय नै नयाँ आवको योजना निर्माणको क्रममा छौं । हामीले असारको १० वर्षभित्र आगामी १० असारभित्र योजना निर्माण गरिसक्नुपर्ने हुन्छ । नगरसभाबाट कम्तीमा हामीले असार मसान्तभित्रमा पास गरिसक्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले गत २८ वैशाखमा बुईपामा बसेको नगर कार्यपालिकाको बैठकले आगामी आवको योजना बनाउने जुन योजना निर्माणका सातवटा चरणहरू छन् । ती सातवटै चरणलाई राम्रो गरी अभ्यासमा ल्याउने गरिएको हामीले कार्ययोजना बनाएका छौं । त्यही कार्ययोजनाअनुसार हामीले काम अगाडि बढाइरहेका छौं । जहाँसम्म आगामी वर्षका योजनाहरू के–के छ भन्ने प्रश्न गर्नुभएको छ त्यसमा हामीले आगामी वर्ष चाहिँ हाम्रो मुख्य उद्देश्य भौतिक पूर्वाधारमा अलिकति स्टक्चर निर्माणका काम गर्छौं । यो वर्ष हामीले भत्काउने जति भत्काइसक्यौं । सडक खन्ने जति खनिसक्यौं । अब हामी फेरि त्यहीँ डोजर लगाएर सडक खन्ने योजना छैन ।
हामी अब सडको स्तरोन्नतिमा ध्यान दिन्छौं । संरचनागत विकास निर्माण, मानवीय विकास, सचेतना अभिवृद्धि र क्षमता अभिवृद्धिका कार्यक्रमहरू र खासगरी नगरवासीहरूलाई उत्पादनसँग जोड्ने गरी, समृद्ध बनाउने गरी, रोजगारी सिर्जना गर्ने गरी, रोजगारउन्मुख गराउने गरी, आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरू हामी अगाडि बढाउँछौं ।

भौतिक पूर्वाधारमा स्ट्रक्चर निर्माणको काम भइरहेको छ 
 नगरवासीलाई उत्पादनस“ग जोड्नेगरी, समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, रोजगारउन्मुख गराउने, आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइ“दै 
 बिजुलीको पोल, तार, खानेपानी र टेलिफोनको तार अन्डरग्राउन्ड गर्ने बृहत् योजना सञ्चालन गर्न डीपीआर तयार
 रुपाकोट, मझुवागढी, भुलभुलेलगायतलाई गौरवको योजनामा समावेश

 नगरपालिकाले निर्माण गरेका अधिकांश सडक गुणस्तरहीन भए भन्ने नगरवासीको आरोप छ नि ? के यो सत्य हो ?

यो आरोप मात्र हो । अब सडक खन्ने सन्दर्भमा केही–केही ठाउँमा ग्रेड नमिलेको होला । केही ठाउँमा सामान्य समस्या आएको होला । वर्षातको पानीले बगायो होला । यी सब आफ्नो ठाउँमा छ । तर अधिकांश सडकहरू अहिले पनि म भन्न सक्छु । हामी निर्वाचित हुनुभन्दा अगाडि भएको विकास निर्माण र हामी निर्वाचित भएपश्चात् एक वर्षमा भएको विकास निर्माणलाई तुलना गरेर हेर्नका लागि म सबैलाई आग्रह गर्न चाहन्छु । वर्षौंअघि त्यो वडामा भएको विकास र अहिले हामी निर्वाचित भएपश्चात् भएको विकास चाहे त्यो गुणस्तरको हिसाबले हेर्दा पनि हुन्छ ।

चाहे त्यो परिमाणको हिसाबले पनि हामीले बढी गरेका छौं भन्ने लाग्छ । त्यसो भएको हुनाले अब स्वतः स्फुर्त रूपमा हामीले सडक चाहिँ स्काभेटरद्वारा खनिएको हुनाले पनि त्यो वर्षाको समयमा बगाएको छ । त्यो हिसाबले नगरवासीबाट सडक गुणस्तरहीन भएको भन्ने गुनासो आएको हो । त्यस कुरामा म पनि सहमत छु । विगतमा चाहिँ स्काभेटरको अपरेटर चाहिँ आफैं इन्जिनियर हुन्थ्यो । तर अहिले हामीले चाहिँ जति पनि योजनाहरूमा काम गरेका छौं । त्यो चाहिँ इन्जिनियरिङ हिसाबले उपयुक्त हुने डिजाइन स्टिमेट गरेर मात्र हामीले सडक निर्माण गरेका छौं । त्यसो भएका कारण केही ठाउँबाट गुनासो आएका पनि छन् । नआएका हैनन् । आमहिसाबमा भन्दा गुणस्तरयुक्त काम भएको छ भन्न सकिन्छ । म सम्पूर्ण नगरवासीलाई आग्रह गर्न चाहन्छु । अनुरोध गर्न चाहन्छु । वास्तवमा कही कतै गुणस्तरहीन काम भएको छ भने खबरदारी, रखबारी गरिदिनुस् ।

नगरमा गएको सम्पूर्ण बजेट कति गएको हो त्यो सम्पूर्ण थाहा पाउने अधिकार तपाईं नगरवासीलाई छ । त्यो बजेटबाट कति काम भएको हो त्यो थाहा पाउने अधिकार पनि नगरवासीलाई छ । सम्पन्न भएको आयोजनाबाट कति घरधुरी लाभान्वित हुने ? कहिलेबाट सुरु भएर कहिले अत्न्य हुने सम्पूर्ण अधिकार नगरवासीलाई छ । त्यति मात्र हैन । योजना सम्पन्न भएपश्चात् गुणस्तरको भयो भएन, योजनाअनुसारको रकम खर्च भयो कि भएन ? भनेर आमउपभोक्ताबीचमा सार्वजनिक सुनुवाइ गर्नुपर्दछ । यदि गुणस्तरहीन छ भने नगरमा आएर हामीलाई भन्नुहोला । हामी त्यस्ता योजनाहरूको भुक्तानी दिँदैनौं ।

तपाईं निर्वाचित भएको करिब एक वर्ष पूरा हुँदै छ । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सञ्चारलगायत भौतिक संरचनाको विकासमा के–के काम गर्नुभयो ?

हामीले भौतिक पूर्वाधारको हिसाबले सबैभन्दा महŒवपूर्ण सडक भएका कारण नगरका सबै वडामा सडक निर्माणका काम गरेका छौं । हाम्रो नगरमा अधिकांश पोलहरू बाँस र काठका थिए । ती पोलहरूलाई आइरन पोलमा रूपान्तरण गर्नेगरी विद्युत्सँग सम्बन्धित महŒवपूर्ण काम गरेका छौं । खानेपानीका महŒवपूर्ण आयोजनाहरू सञ्चालन गरेका छौं । जाल्पामा हामीले डब्लूएचओको स्ट्यान्डरको खानेपानी बनाउने गरी हामीले त्यसलाई योजनामा समावेश गरेका छौं । हामीले त्यसलाई निरन्तर अगाडि बढाइरहेका छौं । विभिन्न सामुदायिक भवन निर्माणका काम गरेका छौं । पर्यटन प्रवद्र्धनका लागि हामी देवीस्थान गुरुयोजना निर्माण, भुलभुले मन्दिर पुनर्निर्माण, नुनथलामा बन्न लागेको गुम्बा, मैरेमा पर्यटकीय पोखरी निर्माणका काम गरेका छौं ।
अर्काेतर्फ हामीले नगरलाई आयआर्जन गराउने उद्देश्यले वुईपाको पचरेबाटोमा ठूलो आधुनिक बजार निर्माणको काम थालसिकेका छौं । त्यसैगरी भोलि हुने आगलागीका घटनालाई मध्यनजर गर्दै दमकललाई पानी भर्ने ठाउँसमेत नभएका कारण त्यसलाई मध्यनजर गरेर अस्पताल चौकमा १ लाख लिटरको पानी ट्यांकीको निर्माण गर्दै छौं । यसैगरी, शिक्षालाई व्यवस्थित गर्नेगरी बृहत् शैक्षिक सेमिनारको आयोजान ग¥यौं । त्यसपछि हामीले एउटा सन्देश दियौं कि अब विद्यालय समयभरि नपढाउने, प्रियडभरि कक्षा कोठामा नबस्ने, जुन गुणस्तरको पढाउनुपर्ने हो त्यो गुणस्तरको नपढाउने उहाँलाई अब हामीले कुनै छुट दिनेछैनौं । शिक्षा क्षेत्रमा राम्रो पढाउनेलाई पुरस्कृत गर्ने, गुणस्तरहीन पढाउनेलाई कारबाही गर्ने भनेर शिक्षाको महŒवपूर्ण योजना अगाडि सारेका छौं । यस्तैगरी, स्वास्थ्य क्षेत्रमा विजयखर्क, बाम्राङ र दोर्पामा करिब ३ करोडको लागतमा यस आवमा तीनवटा भवन निर्माण हुँदै छन् । भर्खरै मात्र हामीले गत जेठको ११ र १२ गते बृहत् विशेषज्ञ स्वाथ्य शिविरको आयोजना ग¥यौं । जहाँ चाहिँ आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनबाट वञ्चित भएका नगरवासीलगायत समग्र जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविरको आयोजना ग¥यौं । जसको कारण जिल्लामा करिब १६ सय बढीले सेवा लिएका छन् ।

नगरले के–कस्ता गौरवको योजना बनाएको छ ? यसको कार्यान्वयनको अवस्था के छ ?

नगरले खासगरी गौरवको आयोजनामा दिक्तेल बजारको व्यवस्थापनका लागि बिजुलीको पोल, तार, खानेपानी र टेलिफोनको तार अन्डरग्राउन्ड गर्ने गरी बृहत् योजना सञ्चालन गर्न डीपीआर तयार गरेका छौं । यसलाई हामीले गौरवको योजनामा समावेश गरेका छौं । त्यसैगरी पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेगरी हामीले रुपाकोट, मझुवागढी, भुलभुलेलगायतलाई गौरवको योजनामा समावेश गरेका छांै । १२ महिनै सञ्चालनमा ल्याउनेगरी र नगरको सदरमुकाम बाट वडा कार्यालय पुग्ने केही सडकहरूलाई नगरका गौरवको योजनमा समावेश गरेका छौं । आर्थिक आयआर्जन गर्ने महŒवपूर्ण कार्यक्रमलाई हामीले नगरको गौरवको योजनामा समावेश गरेका छौं । यही वर्ष केही नमुनायोग्य महŒवपूर्ण काम गर्नेगरी खेलकुद कबर्डहल निर्माण, वुईपामा एलेभन साइजको फुटबल ग्राउन्डलाई व्यवस्थित गर्दै छौं । नेर्पा–पाथेका र खार्मीको बीचमा रहेको देवीस्थान गोहिरोमा तालको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गर्ने गरीको नयाँ योजनालाई हाम्रो नगरको गौरवको योजनमा समावेश गरेका छौं ।

तपाईं आफू सफल मेयर हुन सक्ने तीन उपाय के–के हुन सक्छन् ?

सबैभन्दा म सफल हुने तीन कुरामध्ये पहिलो कुरा व्यवस्थित योजना निर्माण नै हो । दोस्रो निर्माण गरेको योजनालाई व्यवस्थित कार्यान्वयन र तेस्रो कुरा योजना कार्यान्वयन गर्ने इच्छा शक्ति र प्रतिबद्धता नै म सफल हुने उपाय हुन् । यी तीनवटै मसँग छन् । जसले गर्दा नगर सफल हुन्छ भन्ने कुरामा म विश्वस्त छु । ढुक्क छु ।

 अन्त्यमा नगरवासीलाई के भन्न चाहानुहुन्छ ?

नगरपालिकाले सम्पूर्ण नगरवासीको सहयोग र सहकार्यमा, विभिन्न सहयोग गर्ने लाइन एजेन्सीको सहकार्यमा त्यसैगरी केन्द्रीय सरकार र प्रदेश सरकारसँग मिलेर निर्वाचनताका प्रतिबद्धता, योजनाहरू पूरा गर्ने अभियानमा हामी लागेका छौं । म सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्न चाहान्छु । हामी योजना बनाउँछौं । कार्यान्वयन गर्ने उपभोक्तास्तरबाट हो । त्यसको व्यवस्थित कार्यान्वयन भयो÷भएन भनेर अनुगमन गर्ने र त्यसलाई व्यवस्थापन गर्ने काममा नगरवासीको चिन्ता जागिदियो भने सहयोग गरिदिनुभयो भने हामीले अपेक्षा गरेको नगरले अगाडि सारेका समृद्ध नगर खुसी नगरवासीको योजना पूरा हुन्छन् । हामी त्यही समृद्ध नगर खुसी नगरवासी निर्माणको चरणमा लागिरहेको बेहोरा राख्न चाहन्छु ।