सपना देख्न सिकाउँदै केइसुके होन्डा

सपना देख्न सिकाउँदै केइसुके होन्डा

 

जीवनको लक्ष्य, बल र टेपको विषयमा आफ्नो कथा भन्न चाहन्छु किनकि म अर्काे विश्वकपमा छु र करियरको अन्तिमतिर छु, जसका कारण म यहाँ छु, मेरो भाग्य मेरा लागि धेरै राम्रो भइरहेको छ । यो समयसँगै फिर्ता आएको छ । किनिक, यो कथा धेरै वर्षअघिको हो ।

जब म ६ वर्षको थिएँ, तब मेरो बुबाले घरमा भिडियो टेप ल्याउनुभयो । यो ठूलो सम्झौता थियो । ओसाकामा ९०को दशकतिर हुर्किंदै गर्दा मेरो परिवारसँग विलासिताका कुरा थिएनन् । तर, हामीसँग भीसीआर र एउटा पुरानो टेलिभिजन थियो । म बैठक कोठामा गृहकार्य गरेर बसिरहेको थिएँ । हँसिलो मुहार लगाउँदै बुबा आउनुभयो ।

उहाँले भन्नुभयो, ‘काइसुके यहाँ आइज । म तँलाई यो देखाउन चाहन्छु ।’मैले सोधें, ‘के हो यो ?’‘पेले ।’जब उहाँले टेलिभिजन खोल्नुभयो तब म सम्झन्छ, त्यो अस्पष्ट आवाज र स्क्रिनमा झिरमिर चमक देखिन्थ्यो र इमेज देखा पर्न थाल्यो । पहिलोपटक मैले बुझिरहेको थिइनँ, हामी के हेरिरहेका छौं भनेर । यो श्यामश्वेत फुटेज थियो त्यसैले मान्छे चिन्न र के भइरहेको हो भनेर बुझ्न निकै गाह्रो थियो ।

त्यसपछि मैले उनलाई देखें ।बायाँतर्फको स्क्रिनबाट पेले आए । उनको खुट्टामा बल थियो । मैले कुनै फुटबल खेलमा देखेको भन्दा धेरै छिटोसँग ड्रिबलिङ गरिरहेका थिए । उनी अद्भुत खेलखेलिरहेका थिए ।‘उनी कसरी यसो गर्न सक्छन्,’ मैले बुबालाई सोधें ।

‘उनी खेलिरहेका मात्र छैनन् किनकि यो मजा हो,’ उहाँले भन्नुभयो, ‘उनी खेलिरहेका छन् किनकि उनलाई थाहा छ । यदि उनी सफल भए भने उनी बाँच्न सक्षम हुन्छन् र आफ्नो परिवारलाई हेरचाह गर्न सक्छन् ।’

मेरो बुबालाई यो कुरा थाहा थियो । उहाँले पेलेको विषयमा पढ्नुभएको थियो । मैले पनि पढ्न सुरु गरें । म निकै प्रभावित भए । हामी उनीजस्तै गरिब थिएनौं तर पनि हामीसँग आवश्यकता पूरा गर्ने पर्याप्त चीज पनि थिएन । मैले फरक रूपले फुटबल हेर्न सुरु गरें । यो खेलभन्दा बढी हुन थाल्यो । यो समाधानका रूपमा देखियो । फुटबल खेलाडीलाई फरक रूपले हेर्न सुरु गरें । जब बुबाले टेप हटाउनुभयो, तब मैले बैठक कोठा छोडें । मनमनै प्रतिज्ञा गरें, म महान् खेलाडी बन्नका लागि सबै कुरा गर्छु र एक दिन म विश्वकप खेल्छु ।त्यति मात्र होइन, म विश्वकपजित्न चाहन्थें ।

जब म प्राथमिक विद्यालयमा अध्ययन गरिहेको थिएँ । मेरा आमाबुबाबीच पारपाचुके भयो र म हजुरआमाकहाँ सरुवा भए । बुबाले सधंै आफ्नो बाल्यकाल र उहाँकी आमा (मेरी हजुरआमा)को विषयमा भन्नुहुन्थ्यो ।

उहाँबाट प्रभावित भएर म हुर्केको छु । उहाँ मेरो हिरो हुनुहुन्छ । तर, उहाँसँगको बसाइको सुरुका दिनमा धेरै गाह्रो भएको थियो । तपार्इंहरूले बुझ्नुपर्छ, जापानीहरूको जीवन धेरै फरक छ । पुरानो जेनेरेसनले सबै समस्या समाधान गर्छन्, नौतिकदेखि आर्थिकसम्म । जसले यस्तो समाजमा बाँचेको हुँदैन, त्यो अविश्वसनीय जस्तो हुन सक्छ ।

मेरो बुबाले आफू सन् १९६० तिर ओसाकामा बस्दाको घटना भन्नुहुन्थ्यो । उहाँ अभिभावक र बहिनीसँग सय वर्ग फिटको अर्पाटमेन्टमा बस्नुहुन्थ्यो । एउटा कोठामा केही दराज र सामान हुन्थ्यो । सुत्नका लागि पर्याप्त ठाउँ थिएन । खुट्टा बालकुनीमा तन्काउनुपथ्र्यो ।

मेरी हजुरआमा र उहाँको परिवारले गरिबीमा जिउन सबैले काम गर्नुपर्छ र अर्काे दिनका लागि सबैले घरमा पैसा ल्याउनुपर्छ भन्ने बुझ्नुभएको थियो । उहाँ बलियो हुनुहुन्थ्यो किनकि त्यो उहाँको आवश्यकता थियो । हजुरआमाले परिवार हेर्नुहुन्थ्यो ।

‘ठीकै छ, हामी धनी छैनौं, हामी कहिल्यै धनी हुन सक्दैनौं । यो जीवन हो । हाम्रो मामुली लक्ष्य छन् । हामीले गुनासो गर्नुहँुदैन,’ यस्तै तवरले उहाँले पारिवारिक जीवनलाई हेरिरहनु भएको थियो । म त्यो विचारसँग सहमत थिइनँ ।

मैले हजुरआमासँग संघर्ष गर्नुपथ्र्याे । धेरै कुरामा हामी झगडा गथ्र्याैं । जस्तै ः स्कुलमा समयमै नपुग्नदेखि घरको काममा सहयोग गर्ने कुरामा समेत वादविवाद हुन्थ्यो । जब म आठ÷नौ वर्षको भएँ । उहाँले मेरा शिक्षकहरूबाट म धेरै समय बाहिर बिताउँछु भन्ने सुन्नुपर्ने भयो किनकि म फुटबल खेल्थें । शिक्षकले मलाई आएर समाउनुहुन्थ्यो । मेरो खुट्टामा बल हुन्थ्यो । म त्यसलाई धेरै समय ड्रिबलिङ गर्न चाहन्थें । उहाँहरूले मेरो ग्याकेट समातेर लैजानुहुन्थ्यो ।मेरी हजुरआमालाई यो मन पर्दैनथ्यो ।मलाई थाहा थियो, यसका लागि संघर्ष गर्नुपथ्र्याे । धेरै पटक उहाँको अनुशासन नमानेका कारण टाउकोबाट रगत चुहिएको थियो । यो फरक प्रकारको जीवन थियो । जापानमा मूल्य, लक्ष्य र अभिव्यक्ति अन्य संस्कृतिबाट दिनु असम्भव नै थियो । मैले उहाँको व्यवहारलाई स्वीकार गर्नु आवश्यक ठानिनँ । तर, म मेरो मुटुदेखि नै हजुरआमालाई माया गर्थें । मेरा साथीहरूले पनि गर्थें । उहाँ हाम्रो छरछिमेकको सबैभन्दा पाको हुनुहुन्थ्यो ।

म जापानिज किड लिएर हिँड्छु, यसले मेरो विश्वकप जित्ने लक्ष्यलाई सम्झाउँछ

उहाँ मलाई मानसिक रूपमा मजबुद बनाइरहनुभएको थियो र मलाई त्यो कठोरता आवश्यक थियो किनकि सानै उमेरमा मसँग यी लक्ष्य थिए । म जापानको साथमा विश्वकप जित्न चाहन्थें । मिलालका लागि सान सिरोमा खेल्न चाहन्थें र म मेरो परिवारलाई सहयोग गर्न चाहन्थें ।

हाइस्कुल पछि मैले जापानिज लिगका नागोया ग्राम्पससँग सम्झौता गरें । यो तीनवर्षे सम्झौता थियो । सम्झौताको अन्तिम वर्ष निराश भएर युरोपका लागि मैले छोड्नुप¥यो । मेरो त्यतिबेलाका म्यानेजर सेफ भेर्गाेस्सेनले मलाई हल्यान्डमा भेन्लोसँग परिचय गराउनुभयो । ८० को दशकमा उहाँले उनीहरूलाई १० वर्ष व्यवस्थापन गर्नुभएको रहेछ । उहाँले यो उत्कृष्ट क्लब रहेको बताउनुभयो । भेन्लो राम्रो सहर रहेको बताउनुभयो । यदि मैले त्यहाँ खेलें भने म ठूलो र उत्कृष्ट हुनेछु भनेर भन्नुभयो । गएर हेरांै, अनुबन्धन नगर्ने भनेर वचन पनि दिनुभयो । तर, यो सबै मैले सुन्नु थियो । मैले झोला प्याक गरें र हिँडें ।

म २२ वर्षको थिएँ । मैले विश्वकपको टपमा रहेको महसुस गरें । यो मेरो सपनाको सुरुवात हो । मैले सोचें । भीभीभीमा जनवरीबाट अनुबन्धन गरें । सिजनको दोस्रो हाफमा खेलें । केही भयो तर त्यो मेरो करियरको योजनाको अंश थिएन ।

हामी दोस्रो डिभिजनमारेलिगेसनमा प¥यौं ।मैले हारें ।तर, हार्नु मेरोका लागि नयाँ कुरा थिएन । मैले गाम्बा ओसाकाको प्रोफेसनल एकेडेमीमा जान छोडेको थिएँ । कतिपयले फुटबलछोडिदेऊ भने । तर, विश्व गलत छ भनेर प्रमाणित गर्ने यो अवसर थियो । यदि तपाईंले आफैंलाई चुनौती दिनुभएन भने हार्नुपर्ने कारण नै हुँदैन । प्रत्येक हार सम्झें । आफूले आफंैलाई घचघचाएँ, मेरो सामु अर्काे रोमाञ्चक चुनौती आएको छ भनेर ।

भीभीभीको हारले अर्थपूर्ण शिक्षा दियो । सफल हुन मैले मेरो खेल परिवर्तन गर्न आवश्यक थियो । म विगतझैं पासर मात्र हुनुहँुदैन । म गोल स्कोरर हुनुपर्छ । मलाई बल चाहिन्छ । यो युरोपमा मेरो खेल परिवर्तनको मात्र कुरा होइन, यो मेरो जीवनको दृष्टिकोण पनि । आँखा खोलेर विश्वका ५० देशभन्दा बढी यात्रा गरें । मेरा समकक्षीको पिचभन्दा बाहिरको दुनियाँ थाहा पाएँ । मैले महसुस गरें, तीमध्ये अरू धेरै पनि गरिबीमा हुर्केका थिए । युरोपभरि र अफ्रिकामा । उनीहरूको गरिबी मेरो भन्दा धेरै थियो । धेरै खेलाडीले तलबको ठूलो राशि आफ्नो परिवालाई पठाउँदा रहेछन् भन्ने बुझें ।

म स्वार्थीपनामा विश्वास गर्न सक्दिनथें । तर, उनीहरू त्यो गर्थें, जसले मलाई निराश बनाउँथ्यो । मेरो करियर हल्यान्डबाट रुस र त्यसपछि इटाली र अहिले मेक्सिको छ, जहाँ भए पनि म भीभीभीका समकक्षीहरूलाई भुल्न सक्दिनँ ।

त्यो स्मृति मेरो पहिलो परियोजनाको आधार हो । युमे फाउन्डेसन, जसले सपना देख्नुको महŒवको सिकाउँछ । जसले खेलाडी विद्यार्थीको आर्थिक अवस्थाका आधारमा छात्रवृत्ति दिन्छ । सपना हुन आवश्यक छ । जति बेलादेखि लक्ष्य कसरी बनाउन, हारलाई संघर्षमा बदल्न र कडा मिहिनेत गर्न प्रेरणा दियो । फुटबलसँग सिकेको पाठ वास्तविक जीवनमा उपयोग गर्न सकिन्छ । हामीले इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, युगान्डा, कम्बोडिया र अमेरिकामा गरी १८ वटा फुटबल क्याम्प गरेका छौं ।

युमे फाउन्डेन्सले सोल्टिलो र सर्फ कप स्पोटर््स विकास गरेको छ । हामीसँग विश्वभरिका १५ हजार बालबालिकाका लागि ७० वटा कार्यक्रम छन् । जसमा बालबालिकादेखि युवा व्यवसायी खेलाडी छन् । मैले वर्षौंदेखि पढेको दर्शनलाई कार्यक्रमले प्राथमिकता दिन्छ । कम्बोडियाको साल्टिलो अंगोकोर फुटबल क्लब, युगान्डामा ब्राइट स्टार क्लब जस्ता हाम्रा व्यावसायिक फुटबल टिम हुन् भन्दा मलाई गर्व लाग्छ । बाल्यकालदेखि नै व्यावसायिक खेलाडी बन्ने सपना देखेका र उनीहरूलाई सपनाका लागि अवसर दिइएका व्यक्तिहरू नै यस टिमका खेलाडी छन् ।

फुटबल खेल्दादेखि नै मलाई एक फरक लगानीकर्ताका रूपमा अगाडि बढ्छु भने थियो । आर्थिक रूपमा कमजोर भएका खेलाडीलाई अवसर दिनु मेरो उद्देश्य हो । यसले मलाई ठूला विचारलाई समर्थन गर्न छुट दिएको छ । संसारलाई अझ राम्रो  बनाउन आशा दिएको छ । जापानलाई विश्वसँग सिर्जनात्मक रूपमा जोड्ने ठूलो अवसरका रूपमा यसलाई मैले विश्वास गरेको छु । तथापि, यहाँ धेरै फरक प्रयास भएका छन्, गरिबीसँग संघर्ष गरिरहेका विश्वका धेरै मानिसका लागि केही गर्न सकिन्छ भन्ने हो ।

मलाई थाहा छ, यो एउटा महान् कार्य जस्तो देखिन्छ । र हो पनि । म विश्वबाट गरिबी अन्त्य गर्न केही भन्दा अलि बढी भूमिका खेल्न चाहन्छु । त्यसकारण धेरैजसो मेरो अफ सिजन विश्वका विभिन्न देशका तल्लो तहका अभियन्ता, एनजीओ, विश्वका नेता र विकासोन्मुख देशका बालबालिकासँग भेटेर बित्छ । म हरेक क्षेत्रको गतिशीलतालाई बुझ्न चाहन्छु । गरिबीको मुद्दाको विषयमा मसँग अझै पनि स्पष्ट उत्तर छैन । मलाई विश्वास छ, यो शिक्षासँग जोडिएको छ ।

प्रत्येक समय म जापानिज किड राख्छु । जसले मलाई, मैले जापानसँग विश्वकप जित्छु भनेर राखेको वाचा सम्झाउँछ । म गर्छु । मैले सबै चीज दिनु छ, त्यो लक्ष्य प्राप्त गर्न ।

यो मेरो तेस्रो विश्वकप फुटबल हो । यो अन्तिम पनि हुन सक्छ । त्यसैले म साथीहरूसँग खेल्दा मजा लिन चाहन्छु । जसले अन्तिम टिमका लागि उत्कृष्ट नतिजा देओस् । करियरको अन्तिमतिर आइपुग्दा यो   प्रतियोगिता फुटबलको   उत्सवभन्दा धेरै अधिक छ । यो खेल सबैलाई एकै साथ हिँडाउने अवसर हो र हाम्रो खेल प्रदर्शनलाई उच्च देखाउनु हो । यो हाम्रा लागि उत्कृष्ट देखाउन अवसर पनि हो । यहाँसम्मको यो मार्ग धेरै खेलाडीका लागि सजिलो छैन । प्रत्येक परिवारले यसका लागि चुनौती उठाएका हुन्छन् ।

यो सधंै सम्झनलायक छ, यो खेल हो, हामी खेल्छौं किनकि यसलाई हामी माया गर्छौं । यसले हामीलाई धेरै चीज दिन्छ । प्रत्येक बालबालिका यो अवसर पाउन र यहाँ खेल्नलायक छन् ।

(केइसुके होन्डा दि ब्लेयर ट्रिब्युनबाट)