निषेधित क्षेत्र तोड्दै अनशन बस्न खोज्दा डा. गोविन्द केसी पक्राउ

काठमाडौं, १६ असार । निषेधित क्षेत्र तोड्दै अनशन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएअनुसार उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।

स्थानीय प्रशासनले बजार क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो ।