विरासत थामेको युद्ध संग्रहालय

विरासत थामेको युद्ध संग्रहालय

हस्तबहादुर केसी

रुसमा पाइलो टेक्दै गर्दा लेनिन स्टालिनका विरासत हेर्न आतुर थियौं । १५ जनाको नेपाली टोली, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड र कोरिया ‘कमरेड’सहित ४० जनाको संयुक्त टोली थियो । नेपाली टोलीमध्ये मलगायत सात जना होस्टेल बस्थ्यौं । अन्य ८ जना र युरोपियन टोली अर्कै होटेल बसे ।

प्रसंग सन् ३ नोभेम्बर १९१७ को हो । हामी मस्कोस्थित प्रेमोमायास्काया सहरमा थियौं । रुसमा पाइलो टेकी सकेपछि वैज्ञानिक साम्यवादका सिद्धान्तकार एवं सर्वहारावर्गका गुरु कार्ल माक्र्सको शान्ति, विशाल रेडस्क्वायर मैदान अवलोकन कार्य र मोहक तथा ऐतिहासिक जर्जिया पार्क घुम्यौं । तर, लेनिन स्टालिनका विरासत अध्ययन गर्न अति उत्सुक थियौं ।

बिहान ९ बजेतिर

‘गाइडर’ एलेक्सी र आन्तोनले हामीलाई अर्को नेपाली टोली बस्ने होटेल पु¥याए । त्यहाँ पहिल्यै रुसी क्रान्तिकारी कम्युनिस्ट नेता जो अग्लो कद, गोरो छाला, हिउँसँग सामना गर्नसक्ने बाक्लो ब्रानीकोट पैरिएको र लेनिनले झंै खैरो रंगको छालाको झोला भिरेका कमरेड दिमित्री कोन्चेन्को र महिला योद्धा तारिसा आइसकेका रहेछन् ।

केही क्षणमै युरोपियन टोली पनि आइपुग्यो । बाहिर सेताम्य हिउ“ देखिन्थ्यो । कठ्यांग्रिने चिसो । होटेलअगाडि यात्रागाडी तयारी अवस्थामा देखिन्थ्यो । होटेलको लबी पुग्नेबित्तिकै कमरेड दिमित्री उठेर गरम जोससाथ हात मिलाए । उनले मतिर हेर्दै भने, ‘ज्याकेट लगाएर आउनुहोस्, यो सुटले त जाडोमा मरिन्छ नि †’ म ऊनीकोट, रातो स्वेटर ऊनीकै कमिज र कालो पेन्टसँग कालो सुटमा थिए“ । भित्रपट्टि इन्डियन बाक्लो थर्मकोट लगाएको थिए“, जसले जाडो सजिलै पचाउन सक्थें । यो कुरा कमरेड दिमित्रीलाई पनि सुझाए । त्यसपछि उनले ‘ओके’ भने ।

रेलवे स्टेसनमा प्रवेशका लागि हामीलाई टिकटका रूपमा कार्ड उपलब्ध गराइएको थियो । कार्ड मेसिनमा छोएपछि ‘गेटपास’ हुन्थ्यो । करिब दुई सय मिटर तल भूमिगत मेट्रो रेल आउने भएकाले लिफ्टमार्फत झ¥यौं । दायाँबायाँबाट मेट्रो रेल आउ“दै–जा“दै थिए । एउटा रेल जम्मा एक मिनेट मात्र रोकिने रहेछ । त्यो समयभित्र ओर्लिन र चढिसक्नुपथ्र्यो ।

चारैतिरका भित्तामा माक्र्स, लेनिन, स्टालिनका फोटा कु“दिएका थिए । गोर्की पुगिकन आदिकवि, साहित्यकारका फोटा पनि सजिएका थिए । जताततै कम्युनिस्ट पार्टीका झन्डा सिमेन्टमै कु“दी भित्तामा टाँसेर राखिएका थिए । ती फोटालगायत अन्य विषयबारे ‘कमरेड’ दिमित्रीले रसियन भाषामा ‘ब्रिफिङ’ गरे ।

बेल्जियमका कमरेड अंग्रेजी भाषामा बुझाउँदै अघि बढ्दै थिए । उनले ससाना माइक शरीरमा जडान गरेका रहेछन् । आ“खा चिम्लेर बोल्ने उनको बानी थियो । ती कुरा सुन्दै हामी अगाडि बढ्यौं । रेल चढ्ने बेला दिमित्रीले संकेत गरे । मेट्रो रेल आयो । डिब्बा खुल्न थाले । यात्रु हतारमा ओर्लिए । हामी डिब्बामा पस्यौं । रुसी जनताका साथ कतै उभिएर त कतै कुर्सीमा बसेर यात्रा पार ग¥यौं । ज्यादै रमणीय थियो, त्यो । रुसी यात्रु रेलभित्र हल्ला कति पनि गर्दैनथे । धेरैजसो किताब, कोही ट्याब्लेट वा मोबाइलमा एकाग्र देखिए । शान्त वातावरण । बरु, नेपाली टोली हल्ला गरिरहेको हुन्थ्यो । नेपाली स्वभाव त्यहाँ पनि राम्रैसँग झल्किन्थ्यो । मेट्रो रेल यात्रापछि दुई तलामाथि लिफ्टबाट चढ्यौं र बाहिर निस्कियौं । सडक पुगेपछि दाया“पट्टिको भागबाट दिमित्री लागे । हाम्रो टोली अघि बढ्यो ।

रेलभित्र रुसी यात्रु किताब, ट्याब्लेट वा कोही मोबाइलमा एकाग्र देखिए । शान्त वातावरण । बरु, नेपाली टोली हल्ला गरिरहेको हुन्थ्यो । नेपाली स्वभाव त्यहा“ पनि राम्रैस“ग झल्किन्थ्यो ।

मस्कोस्थित युद्ध संग्रहालय । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धका समय जर्मनको हिटलरी नाजीवादीले रुसमाथि भीषण आक्रमण गरेको थियो । जर्मन साम्राज्यवादविरुद्ध स्टालिन नेतृत्वमा रुसी सेनाले बहादुरीपूर्ण युद्ध लडेर विजय प्राप्त गरेको थियो ।

हिटलरी सेनाविरुद्ध लड्दा निर्माण गरिएका अत्याधुनिक हातहतियार, गोला–बारुद्ध र मिसाइल भण्डारण गरिएको रहेछ । त्यसलाई एउटा खुला म्युजियमका रूपमा व्यवस्थित राखिएको छ । ‘अन’ गर्न मात्र बाँकी र युद्धमा शत्रुसित लड्न तयारी अवस्थामा राखिएजस्ता देखिने हतियार गहन ढंगले अध्ययन र अवलोकन गरियो ।

हामी ‘महान अक्टुबर क्रान्ति’ले सय वर्ष पूरा गरेको अवसरमा रुसकै ऐतिहासिक सहर लेनिनग्रादमा आयोजना हुने ‘अक्टुबर क्रान्ति शतवार्षिकी उत्सव’मा भाग लिन जा“दै थियो । महŒवपूर्ण र ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउनु मेरो जीवनको गौरवमय विषय थियो । युद्ध संग्रहालय पनि कम महŒव र ऐतिहासिक थिएन ।

करिब चार दिन राजधानी मस्कोमा बसेर लेनिन स्टालिनका योगदान र विरासतले भरिएका ठाउँ, म्युजियम अन्य महŒवपूर्ण स्थल अवलोकन भ्रमण गराउने योजना रहेछ । त्यसमुताबिक हामीलाई ती स्थान पु¥याउने र व्यवस्थित अध्ययन अवलोकन गराउने कार्य भइरहेको थियो । त्यस समय ‘कमरेड’ दिमित्रीको नेतृत्वदायी भूमिका अझै ताजै छ ।