नसोचेको गोल

नसोचेको गोल

रामसूदन तिमल्सिना

 

जर्मनी–मेक्सिको २०१८

जारी विश्वकप २०१८ मा समूह ‘डी’ मा साबिक विजेता जर्मनीले मेक्सिकोको सामना ग¥यो । जसमा पूर्वविजेतालाई मेक्सिकोले हराउला भनेर सायदै कसैले सोचे । तर, असोचनीय नतिजा आयो । खेलको ३५औं मिनेटमा मेक्सिकोका लोजानोले उत्कृष्ट काउन्टर एट्याक्टमा गोल गरी जर्मनीलाई १–० ले हराए । मेक्सिकोको रक्षापंक्तिविरुद्ध गोल गर्न नसेपछि जर्मनीले सन् १९७८ पछि विश्वकपमा स्तब्ध नतिजा हात पा¥यो । जसका कारण ऊ समूह चरणबाटै बाहिरियो । यो म्याचले जर्मनीलाई समूह चरणबाट नै घर पठाउन महŒवपूर्ण भूमिका खेलेको थियो ।

अर्जेन्टिना–क्यामरुन (१९९०)

विश्वकप साबिक विजेता अर्जेन्टिना डिएगो म्याराडोनाको प्रेरणामा फाइनलसम्म पुग्यो । तर, समूह ‘बी’को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अप्रत्याशित नतिजा सामना गर्नुप¥यो । अफ्रिकन राष्ट्र क्यामरुनले उसलाई १–० ले हरायो । क्यामरुनका लागि एक मात्र गोल फ्रान्सिस्को वियिकले गरेका थिए । यो खेलमा क्यामरुनका दुई खेलाडीले रातो कार्डसमेत पाएका थिए ।

जर्मनी–ब्राजिल (२०१४)

आयोजक ब्राजिलले सेमिफाइनलमा इतिहासकै खराब नतिजा आत्मसात ग¥यो । जर्मनीले पाँचपटकको विश्व च्याम्पियन बनेको ब्राजिलमाथि उनीहरूको घरेलु मैदानमा ७–१ को सानदार जित दर्ता ग¥यो । विश्वकप इतिहासमा यो नतिजा अहिलेसम्मकै अप्रत्याशित मानिएको छ । जर्मनीले पहिलो हाफमा ३–० र दोस्रो हाफमा ४ गोल गरेको थियो । ब्राजिलबाट खेलको ९०औं मिनेटमा ओस्कारले  १ गोल फर्काएका थिए । सोही खेलमा जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल संख्या पु¥याए ।

 

स्कटल्यान्ड– नेदरल्यान्ड (१९७८)

नेदरल्यान्डले सन् १९७०–८० को दशकमा टोटल फुटबल विकास गरेको थियो । फुटबल इतिहासमा नेदरल्यान्डको टोटल शैली अहिलेसम्मकै आकर्षक मानिन्छ । समूह चरणको अन्तिम खेलमा उसको सामना स्कटल्यान्डसँग भयो ।

एकसे एक खेलाडी रहेको डच टिमविरुद्ध स्कटल्यान्डले अचम्मै खेल्यो । खेलको ६८ मिनेटभित्र स्कटल्यान्ड ३–१ ले अगाडि रह्यो । खेलको ७१ मिनेटमा नेदरल्यान्डले १ गोल फर्कायो । तर, अप्रत्याशित हार रक्षा गर्न सकेन ।

सेनेगल–फ्रान्स (२००२)

साबिक विजेता फ्रान्सले समूह ‘ए’मा अफ्रिकन राष्ट्र सेनेगलविरुद्ध प्रतिस्पर्धा ग¥यो । प्लेमेकर जिनेदिन जिदान घाइते हुँदा उनी खेलमा सहभागी हुन सकेनन् । सेनेगलले विश्वकपकै पहिलो खेलमा विश्वलाई स्तब्ध पार्दै फ्रान्समाथि १–० को जित निकालेको थियो । यो प्रतियोगितामा सेनेगलका पापा बाउपा डिओपले विजयी गोल गरेका थिए ।

स्पेन–उत्तर आयरल्यान्ड (१९८२)

विश्वकपमा पहिलोपटक सानो राष्ट्रका रूपमा उत्तर आयरल्यान्ड छनोटभयो । उसले आयोजक राष्ट्र स्पेनविरुद्ध सनसनी नतिजा निकाल्यो । समूह चरणमा

आयरल्यान्डले १–० को अग्रता लिएको थियो । त्यस समयमा गेरी आर्मस्ट्रोगले एक मात्र निर्णायक गोल गरेका थिए । उनको त्यही गोलले उत्तर आयरल्यान्ड क्वार्टरफाइनलमा पु¥यायो । ‘रेफ्रीको अन्तिम ह्विसलसँगै हामी खुसीले रमायौं,’ तत्कालीन उत्तर आयरल्यान्डका खेलाडी टोमी कासिडी अझै भन्छन् ।

उत्तर कोरिया–इटाली (१९६६)

इंग्ल्यान्डले पहिलोपटक विश्वकप फुटबल आयोजना गरेको थियो । त्यही संस्करणमा भाग लिएको फुटबल रहस्यमयी मानियो । युद्ध चपेटामा रहेको उत्तर कोरियाको फुटबलले सनसनी नतिजा निकाल्ने विश्वास थिएन । पहिलो खेलमा सोभियत युनियनसँग ३–० ले हारेको ऊ नकआउट चरणमा पूर्वच्याम्पियन इटालीलाई १–० ले हराउँदै क्वार्टरफाइनल पुग्यो ।

दक्षिण कोरिया–इटाली (२००२)

आयोजक राष्ट्र दक्षिण कोरिया पहिलोपटक प्रि–क्वार्टरफाइनलमा पुगेको थियो । कोरियाले पूर्वच्याम्पियन इटालीविरुद्ध प्रतिस्पर्धा ग¥यो । खेलको ८८औं मिनेटमा कि हेयोङको गोलसँगै दक्षिण कोरिया १–१ को बराबरीमा पुग्यो । खेल अतिरिक्त समय गयो । ११७औं मिनेटमा आन जुङले कोरियालाई २–१ को जित दिलाए ।त्यसबेला अतिरिक्त समय ‘गोल्डेन गोलका रूपमा थियो ।

अमेरिका–इंग्ल्यान्ड (१९५०)

सन् १९५० विश्वकपमा इंग्ल्यान्डलाई अमेरिकाले नसोचेको हिसाबले हरायो । इंग्ल्यान्डले अमेरिकालाई १०–० ले हराउँछ भनेर व्यंग्य भइरहेकोथियो । तर, अनुभवविहीन अमेरिकाले स्टार खेलाडीले भरिएको इंग्ल्यान्डलाई १–० को हराउँदै चकित पा¥यो । अमेरिकाबाट जोए जाएजेनसले गोल गरेका थिए ।

वेस्ट जर्मनी–हंगेरी (१९५४)

सन् १९५४ को विश्वकपमा हंगेरी उत्कृष्ट फममा थियो । फेरेन्स पुस्कासजस्ता विश्वप्रसिद्ध फुटबलरको साथ पाएको हंगेरीले फाइनलमा पश्चिम जर्मनी विपक्षी पायो ।पहिलो आठ मिनेटभित्र २–० को अग्रता लिँदै विश्व च्याम्पियन बन्ने छाँट देखायो, उसले । तर, जर्मनी ३ गोल गर्दै ३–२ ले स्तब्ध पारी पहिलोपटक विश्व च्याम्पियन उपाधि जित्न पुग्यो ।