१५ वर्षमै तीज गीत

१५ वर्षमै तीज गीत

ध्रुव लम्साल

सुदृष्टि राई सम्भव त पहिलो गायिका हुन्, जसले १५ वर्षको उमेरमा तीज गीत गाएकी छिन् । तृतीया तिथिमा तीज, यही तीजमा नाँचौं, गाऔं खाऊ मीठो चीज …’ बोलको गीतमा स्वर भर्दै गर्दा स्टुडियोमा भेटिएकी थिइन् । सुदृष्टिका साथमै थिए उनका बुबा सुजन राई, आमा दिप्ता, गीतकार सुमन श्रापित र संगीतकार बीबी अनुरागी । ‘१५ वर्षकै उमेरमा तीज गीत गाउने उनी पहिलो किशोरी हुन्,’ गीतकार श्रापितले भने ।


सुदृष्टि पूर्वकी चेली गीतकार श्रापित र संगीतकार अनुरागी पश्चिम (पोखराका) उनीहरूको सम्बन्धको सेतु सुदृष्टिकै स्वर बन्यो । श्रापित र अनुरागी समृद्धिका अभिभाव हुन् । सुदृष्टिका बुबा छोरीको करिअरका लागि जति चिन्ता गर्छन्, त्यति नै चिन्तित छन् श्रापित र अनुरागी पनि । ‘सुदिृष्ट नौ वर्षको हुँदा हाम्रो भेट भयो,’ गीतकार श्रापितले भने ।
एसईई उत्तीर्ण सुदृष्टि संगीतमा डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत छिन् । बिहान रियाज, दिउँसो स्कुल अहिलेसम्म उनकै दैनिकी यसैगरी चलेको छ । बाबुआमा दुवै संगीतप्रेमी भएकाले उनलाई करिअर अघि बढाउन सजिलो भएकोमा शंका छैन । बुबा सुजनले घरमै संगीत प्रशिक्षक व्यवस्था गरिदिएकाले सृदृष्टिलाई थप सजिलो भयो । ‘दिउँसो स्कुल जानुपर्ने भएकाले घरमै म्युजिक टिचरको व्यवस्था गरेको छु,’ सुजनले भने ।

सुदृष्टिको स्वर सुन्नेहरूले तारिफ गर्न कन्जुस्याइ“  गर्दैनन् । तारिफ त्यसै पाइ“दैन

आमा दिप्ताका अनुसार सुदृष्टिको तीन वर्षको उमेरमा बोली फुटेको थियो । बोली फुटेलगत्तै उनी गुनगुनाउन थालिन् । उनको औपचारिक गायन सात वर्षको उमेरमा सुरु भएको थियो । श्रीपुरुष ढकालको शब्द र बीबी अनुरागीको संगीतमा २०६७ सालमा सुदृष्टिको स्वरमा गीत रेकर्डिङ भएको थियो । सो गीतको भिडियो निर्देशन गरेका थिए वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले । जसको सुटिङ कालिङपोङमा भएको थियो ।


स्कुलमा हुने सांगीतिक एवं सांस्कृतिक कार्यक्रममा उनी पटक–पटक पुरस्कारको भागीदार भइन् । गायनको साथै नृत्यमा पनि उनी सहभागी छिन् । स्कुलमा आयोजना भएका धेरै कार्यक्रममा नाचेर र गाएर पुरस्कार पाएकी छिन् । सन् २०१० मा झापामै भएको लिटिल क्विन २०१० मा उपाधि जितेकी सुदृष्टिले बाल राष्ट्रिय स्तरका पुरस्कार पनि पाएकी छिन् ।
सुदृष्टिको स्वर सुन्नेहरूले तारिफ गर्न कन्जुस्याइँ गर्दैनन् । तारिफ त्यसै पाइँदैन । तारिफ पाउन आफूले पनि केही गर्नुपर्छ भन्नेमा सचेत छिन् । एल्बमको तयारीमा रहेकी सुदृष्टि आमदर्शकलाई मन पर्ने गीत लिएर आउने तयारीमा छिन् । सुदृष्टिका बुबा सुजन भन्छन्, ‘सबै वर्गलाई सम्बोधन गर्ने गरी गीत तयार पार्दै छौं ।’
यस एल्बममा बीबी अनुरागी, महेष खड्का, साजन राई र विकास चौधरीको संगीत रहेको छ भने तुलसी घिमिरे, श्रीपुरुष ढकाल, सुमन श्रापितलगायतको शब्द रहेको छ । भविष्यमा फेसन डिजाइनर बन्ने चाहना राख्ने सुदृष्टिलाई कहिल्यै कुनै कामका लागि अ¥हाउनुपर्दैन । आमा दिप्ता भन्छिन्,  ‘बिहान उठेपछि बेलुकासम्म केके गर्ने आफैं रुटिङ बनाउँछिन् ।’