उफ ! पर्दा

उफ ! पर्दा

युमाश शेर्पा

हल्का फिर्फिराइरहेको सेतो पारदर्शी जाली पर्दाले दिमाग कोट्याइरहेको छ । कानहरूमा कन्सुत्ली पसेझैं काउकुती उम्रिरहेछ । मौसम पनि कस्तो !देहमा डाह बसाल्ने, शरीरका राप आपसमा ठोक्काउ“झंै । अलिक अघिमात्र बाथरुम छिरेकी उनी, अझै निस्केकी छैनन् । पर्दामा प्रतिविम्बित उनको सर्वांग आकृति दुई नयनमाथि छमछमी नाचिरहेको छ । कम्मर लच्किएको केसराशि मन्द सल्सलाउ“दै छ । सायद, लत्रक्कै भिजेको हुनुपर्छ, त्यो रेशमी कपाल ।‘तिम्लाई बोर भा’छैन होला है ?’ नेपथ्यबाट उनका अधरले मुस्कानी भाका फोरे । म एकैछिन अक्मकिए“ । के बोलू“ ? भेउ नै पाइरहेको छैन । जबकि, मलाई ‘सौन्दर्य सिंहासन’ प्राप्ति अनुभूत भइरहेको छ ।

‘छैन, त्यस्तो केही…,’ गालाका दुईछेउ ङिच्च पार्दै जवाफ फर्काए“ । (बाथरुमभित्र पानीका फोहोरा सिर्रर्रर्र…गरेको आवाज एकतमास सुनिइरहेको छ ।)
‘म सावरमा छु, ल…’ उनी भित्रबाट विस्तारै बोलिन् । पर्दा बाहिरबाट देखिएको उनको शरीर केही चल्मलाउ“छ । आफ्नै सुरमा कोमल काया पानी गाल्दै छिन्, उनी । पानीको छङछङीले मेरो मन चिथोर्न थाल्यो । सेतो पर्दा त्यस्तै छ, मस्कि“दै लज्जा रोपिरहेजस्तो ।
केही पर झ्यालनिर झुन्ड्याइएको उनको तस्बिरले मेरो एकात्मकता नियालिरहेझैं लागिरहेको छ । त्यतैतिर एकटक हेरिरहन्छु । तस्बिर अहिल्यै बोल्लाझंै लाग्न थाल्यो ।

‘कति राम्रो फोटो…’ ओठबाट अनायास फुत्कियो । ‘के भनेको ? मैले राम्ररी सुनिन“,’ उनी सुनिइन् ।(सायद, मेरो तस्बिरमाथिको सुन्दर वाणी उनीसम्म लहसिएछ ।) ‘केही पनि हैन, पहिले नुहाइ सकाऊ न,’ नजरमा उनको तस्बिर च्याप्दै भनें । ‘म्युजिक लाऊ न, प्लिज †’ सवारकी उनी आग्रह गर्छिन् । ‘कुन ?’ सोधें । ‘प्ले गर न, बज्छ,’ दुई हत्केला वक्ष हु“दै घा“टीतिर पु¥याउ“दै उनले भनिन् । मेरा लोभी नजर ठ्याक्क त्यही बेला अडिए । तापमा परेको भानसहित ‘एमपी थ्री’ ‘अन’ गरें । ‘डिजिटर सराउन्डिङ’को संगीत चारैतिर फन्किन थाल्यो । (सायद, बाथरुमभित्र पनि सानो स्पिकर हुनुपर्छ ।)दिमागी खोपामा संगीत तहतह लाग्न थाल्छ । कस्तो बिजोग † त्यही तालमा मन्द हावास“गै पर्दाहरू पनि नाचिरहेझैं पो लाग्न थाल्यो ।

‘तिम्लाई कफी बनाउन आउ“छ ?’ भिजेको कपाल सुगन्धित स्याम्पुमा बटार्दै उनले सोधिन् । उत्तर दिइन“ । वातावरण एकैछिन शान्त बन्यो । मौन मुस्कानस“गै छायामा सल्बलाइरहेको उनको ‘बेइमानी सौन्दर्य’ नजरभित्र केलाइरहें, चुपचाप । सुलुत्त परेको उनको कायामाथि निष्ठुरी पानी बेसरम बर्सिरहेकै छ । एकमन त निर्दोष पानीस“ग सनक पनि चढ्यो । (हा…हा…हा…)‘जाडो भा’छैन ?’ एमपी थ्रीको भोल्युम सानो पार्दै सोधें ।
‘पानी तातो छ नि † तिमी पनि आउ“छौं ?’ उनी खितिति…हा“स्दै जिस्किन थालिन् । उनको ‘अदा’ लजालु लाग्दै छ । ‘ए † हो त,’ बाथरुमको शानदार गिजरतिर ध्यान मोड्दै भनें । ‘तिम्ले सुनेनौं ? कफी बनाउन आउ“छ भनेको †’ उनको ‘लाडे’ बोली मिठो सुनियो । ‘पहिले सकाऊ न,’ मेरो उत्तर फेरि बांगियो ।
‘छ्या कस्तो तिमी त…?’ उनले घुर्की लाउन थालिन् । उनको निर्वस्त्र काया बाथरुमभित्रको ऐनास“ग कोमलाता साट्दै छ, सायद । मेरा पाइला विस्तारै किचनतिर मोडिन थाले । मनचाहि“ त्यही“ सोफामाथि राखेर, जहा“बाट उनलाई चियाउन सकिन्छ ।

सोफिया † कुनै काल्पनिक कथाकी नायिकाजस्तै । उनीस“ग भेट भएको वर्ष औंलामा गन्न भ्याउ“दैन । अनौठै छ, न वास्ना, न त छलकपट नै । हातै समाउ“दा नि हृदयमा भुइ“चालो गइहाल्दैन । लोकल बसभित्रको एउटा सानो भेट, यतिसम्म भा“सिएला भन्ने हामीले सोचेकै थिएनौं । त्यो बेला मेरो ‘ह्यांकी’ न
झरेको थियो ।‘एक्सक्युज मी, तपैंको रुमाल…’ उनले नजर झुकाउ“दै भनेकी थिइन् ।‘थ्यांक्स,’ मैले भुइ“तिर नहेरी उनको आ“खाको भाका कोतर्दै भनेको थिए“ । उनले मिठो मुस्कानसहित स्वागत गरिन् । भेट सधैं हुन थाल्यो । मुस्कान साटिए । अधरहरू फक्रि“दै गए । कुनै ‘फिल्मी संयोग’जस्तै ।
‘ओ…हो…† के गरिरहेको ? उनी बाथरुमभित्र अनायास चिच्याइन् । विगत कोल्टे प¥यो । ‘आउ“दै छु,’ म आफैं पनि चिच्याए“ ।बेडरुम पुग्दा उनी अझै बाथरुममै रहिछिन् । ‘अझै…†’ छक्क परें । ‘एस मिस्टर,’ उनी जिस्क“दै छिन् । ‘कति लामो हऊ…† कफी तयार भयो,’ एमपी थ्री ‘अफ’ गर्दै भनें ।
‘ओ…हो…म्युजिक किन अफ गरेको ?’ उनले तिक्तता पोख्दै आग्रह गरिन्, ‘प्लिज, अन गर न ।’

सेरामिकको सेतो चियादानीको प्वा“लबाट तातोपानीको बाफ उडिरहेको छ । टे«माथि ‘सुगर क्युब’ र ‘हार्ड कफी’ छन् । मधुरो वातावरण । झ्यालनिर उही मोहिनी तस्बिर । उनको ‘बाथरुम मोह’ भने छायामै सल्बलाइरहेको छ । कैले–कैले मन पापी भइदिन्छ, भित्रै पसिजाऊ“जस्तो । ‘हैन, कति बेर ला’को ?’ हक भएपछि घा“टी तन्काए“ । ‘सकिनै लाग्यो बाबा,’ उनको छाया देखि“दैन । आवाज मात्र आयो । ‘टब’मा लम्पसार परेकी हुनुपर्छ, उनी । ‘कहा“ छौं त ?’ बुझ पचाए“ । ‘टबमा…’ चिच्याइन् ।अलाप्ने हो भने घमण्डका रापले मुहार छोपिनुपर्ने हो । तर, उनीभित्रको सादापनले मन बारम्बार निमोठिरहन्छ । घु“डा र छाती नछोपिएका उनका संगीहरू देख्दा रिसले मुर्मुरिन्छु । उनलाई कयौंपटक भनें पनि, ‘त्यस्ताको संगत किन गर्छौं ?’
‘केही हु“दैन, त्यसको कपी पो गर्नुहुन्न त,’ उनको सहज उत्तरले मन शान्त हुन्छ ।ख्यालठट्टामै उनले खा’का चुम्बनका डोब मनभरि गडिसकें । तर, उनको मन केलाउन अझै सकिरहेको छैन । पर्दा देखिन्छ, छाम्दा पाउ“दिन“ । ‘तिमी एकैछिन भित्र आऊ न, प्लिज,’ उनको आग्रह सुनियो । ‘भित्र † किन ?’ मभित्र कौतूहल जाग्यो । ‘मलाई हेल्प गर्न नि †’ उनले सहजै भाका फोडिन् । मेरा पाइला थर्थराउ“दै बाथरुमतिर लम्क“दै छन्, भित्रको सौन्दर्य आ“खाभरि थुपार्ने अभिलासा स“गाल्दै ।

उनको देहमाथि सल्बलाइरहेका टिलपिलाउ“दो ‘जलअंश’ सौन्दर्य मस्काइरहेका छन् । मध्यभाग बेरिएको सेतो टाबलमा अप्सराझंै प्रतीत भइरहेकी छन्, उनी । रेशमी कपाल ‘हेडबिन’को सहयाताले पछिल्तिर सोहोरिएको छ । लाग्दै छ, ऐनाअघिल्तिर उभिएकी उनी, मेरै प्रतीक्षा गरिरहेकी हुन् । ‘किन सोफी ?’ उनको ध्यान आफूतिर पल्टाए“ । उनी पुस्तकका पन्नाझैं फर्फराउन थालिन् । मेरो स्मृतिपटमा कुनै सुन्दर कथाकी नायिका झर्झराइरहेकी छन् । उनको कटाक्ष (कर्के नजर) र देहचालमा आफूलाई डोहो¥याउन थाल्छु । ‘यो डे«समा म कस्तो देखि“दै छु ?’ घु“डा छोपिएको टाबल हल्का माथि सार्दै उनले सोधिन् । म खिसिक्क हा“स्छु । ‘भन न, किन हा“सेको ?’ मलाई च्याप्प पार्दै उनले फेरि सोधिन् । शरीरमा बिजुली चम्केको भान हुन्छ । ऐनामा हाम्रा आकृति प्रतिबिम्बित
भइरहेका छन् । ‘के गरेकी ? यस्तो पनि ड्रेस हुन्छ ?’ म खित्किए“ । उनी मन्द लजाइन् । मलाई च्यापेका उनका हात बिस्तारै खुकुला हुन थाले । लजालु मुहार छोप्दै उनी बेडरुमतिर दौडिन् । म भने आफूलाई ऐनामा चिहाउ“दै छु । एउटा नटखट अनुहार मतिर हेरेर मुस्कुराइरहेको हुन्छ ।

सोफी लजालु नजर झुकाएर कफी बनाइरहेकी छन् । म उनीछेउ आवाज नआउनेगरी बिस्तारै ढल्किन थालें । ‘लिऊ न…’ उनका नजर अझै उठेका छैनन् ।
बिहानैदेखि घुम्मिएको दिन पनि उघे्रको छैन । एमपी थ्री फेरि हल्का आवाज आउनेगरी ‘अन’ हुन्छ । सिर्सिराइरहेको सेतो पर्दा हल्लिन छोडेको छैन । उनको गलातल्तिर उम्रिरहेको ‘जाडोका“डा’ नजरमा बिझिरहेको छ । ‘निकै जाडो भो कि क्या हो ?’ सोधें । सोफीले मायालु भावमा टाउको हल्लाइन् । ‘अर्को कफी बनाऊ न,’ उनले टाउको हल्लाएरै मेरो आग्रह स्विकारिन् । उनको गोरो वदनमा छोपिएको एकसरो टाबल र भिजेका केशराशि प्राकृतिक गहना प्रतीत भइरहेको छ ।
हिजो–अस्तिसम्म उनी यति साह्रो लजाएको थाहा थिएन । लाजको त्यो पर्दा आज हेरिरहूँ लागिरहेको छ । त्यसलाई उघार्ने कुचेष्टा किन गरू“ ?
‘कफी…,’ बाफि“दै गरेको कप सोझ्याउ“दै उनको चिउ“डो उचालें । ‘छ्या…,’ लज्जावती फूल बनिन्, उनी । ‘किन लाज लाग्यो ?’ मन थामिएन । उनी मौन हुन्छिन्, छड्के नजर लाउ“दै ।  ‘एकैछिन ल…,’ उनी बाथरुमतिर दौडिन् । पर्दाहरू हल्लिन थाल्छन् । आकृतिमा बिम्बित उनी फेरि चिच्याइन्, ‘एकैछिन…आऊ प्लिज †’मेरा पाइला सेतो पर्दा उघार्न लम्कन्छन्, उनको आवाज आएतिर सुस्त–सुस्त ।