‘सत्याग्रही केसीको माग लोकतान्त्रिक हिसाबले सम्बोधन’

काठमाडौँ, २४ असार– जुम्लामा सत्याग्रह आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको माग लोकतान्त्रिक हिसाबबाट मात्र पुरा हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले केसीसहित गंगामाया अधिकारीको पनि माग पुरा हुने बताए ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए ।

द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी जानकारी दिएका गृहमन्त्रीले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पु¥याउनका लागि ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला जानकारीविना क्यानडा जान लागेकाले फर्काउनुपरेको बताए ।