राजपाको सरकारसँग अपिल–बाढीपीडितलाई राहत देऊ

काठमाडौं, २४ असार । राष्ट्रिय जनता पार्टी नेपालले तराईका बाढीपीडितलाई तत्काल राहत उपलव्ध गराउनका लागि सरकारसँग अपिल गरेको छ ।

राजनीतिक समितिको बैठकले तराईका विभिन्न जिल्लामा बाढीका कारण भइरहेको धनजनको क्षतिबारेको लगत संकलन गरी तत्काल राहत उपलव्ध गराउन अपिल गरेको हो ।

तत्काल प्रारम्भिक राहत उपलव्ध गराउँदै लगत संकलनपछि पूर्ण क्षतिको पनि राहत दिनुपर्ने माग उसको छ ।
अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार पार्टीको विधान र संसदीय दलको व्यवस्थाका विषयमा छलफल जारी छ ।

शनिबार राजनीतिक समितिको बैठकले विवाद सुल्झाउने कामको जिम्मा अध्यक्ष मण्डललाइृ दिएको थियो ।