मुलुक राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा : कोईराला

राजधानी समाचारदाता/काठमाडौं।

नेपाली काग्रेसका नेता शेखर कोइरालाले मुलुक राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा प्रवेश गर्न लागेको बताएका छन ।  राजधानीमा मंगलबार बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कोईरालाले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागी पुन एकपटक लड्ने दिन आउन लागेको बताए ।
‘मुलुक राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा प्रवेश गर्न लाग्दैछ, सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागी पुन एकपटक लड्ने दिन आउँदैछ,’ कोइरालाले भने ।

उनले सरकारले रेल र पानी जहाजको कुरा गरेर नेपाली जनताको टाउकोमा ऋणको भार बोकाउन लागेको समेत बताए । ‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं, तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउँन हामी चाहन्नौं,’ कोइरालाले थपे ।
उनले काग्रेस गुटबन्दीका कारण ईतिहाककसकै कमजोर बनेको समेत बताए । मञ्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक नहुने भन्दै उनले विधानसंगत तरिकाबाट मात्रै एकता हुने जनाए ।
कार्यक्रममा काग्रेस महामन्त्री डा शशांक कोईराला,पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराई लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरेका थिए । प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछी बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएकी थिइन । शर्माको २०७३ साल असारमा निधन भएको थियो ।