टिपरको ठक्करले एकको मृत्यु

काठमाडौं/रास– टिपरको ठक्करले जडीबुटीमा एक जनाको मृत्यु भएको । भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार बा८५प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा झापाको बिर्तामोड घर भई हाल भक्तपुर नगरपालिका–१ दूधपाटीमा बस्दै आएका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक १८ वर्र्षीय अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ढुंगेलको टाउकोमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएको प्रहरीको भनाइ छ । टिपर र त्यसका चालक धादिङ थाक्रे गाउँपालिका–६ का २७ वर्र्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।