ट्रेलरमा साली कसको भेनाको

काठमाडौं/रास– चलचित्र ‘साली कस्को भेनाको’ को प्रदर्शन मिति आगामी २९ भदौलाई तोक्दै यसको ट्रेलर सार्वजनीक गरिएको छ । भद्र भुजेलको निर्देशन रहेको यो चलचित्रमा बिल्सनबिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

हास्य प्रदान सामाजिक चलचित्र भनिएको साली कसको भेनाको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । आफ्नो चलचित्र निकै रमाइलो बनेको यसका निर्देशक भुजेलले बताए ।

यो चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको गीत संगीत, दीर्घ गुरुङको छायांकन, पुष्प आचार्यको लेखन, बनिष शाहको सम्पादन छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ, विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।