ऋचा सिंह फर्किइन्

राजधानी समाचारदाता/काठमाडौं।

एक समय निकै चर्चामा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी विगत पाँच वर्षदेखि चलचित्र बाहिर थिइन् । चार वर्षअघिदाम्पत्य जीवनमा बाँधिएकी उनी अब भने दर्शकमाझ आउने भएकी छिन् ।

उनले गत वर्ष दुईवटाचलचित्रमा अभियन गरिन् । जसमध्ये चलचित्र ‘सुपर गोर्खे’ उनकैश्रीमानले निर्माण गरेका हुन् । ऋचाले अभिनय गरेको अर्को चलचित्र ‘यो पागल मन’ हो । यो पागल मान २९ असारबाट देशव्यापी प्रदशर्नीमा आउने भएको छ ।

‘विगतका सिनेमा प्रायः रोना धोना भूमिकामा हुने गरेकी थिएँ । यसपटक यो पागल मनमा बिन्दा युवतीको भूमिकामा छु ।’ अभिनेत्री ऋचाले राजधानीसँगको भेटमा भनिन्, ‘हरेक फिल्ममा मैले दर्शकलाई रुवाएको भन्ने गुनासो उहाँहरूको थियो । यसपटक यो पागल मनबाट दर्शकलाई पूरै हँसाउनेछु ।’

पाँच वर्षसम्म सिनेमाबाट बाहिर रहनुको कारणबारे अभिनेत्री ऋचाले विवाहपछि एक दुई वर्ष आफूलाई पारिवारिक रूपमा स्थापित हुनका लागि समय लागेको बताइन् । सोही क्रममा यो पागल मनमा प्रस्ताव आएकाले यही चलचित्रबाट फेरि सिनेमामा फर्किएको पनि उनले बताइन् । यसका नवोदिन निर्देशक कल्याण अधिकारीले राम्रो काम गरेको पनि उनले सुनाइन् ।

यो चलचित्रमा ऋचाले अभिनेता विनोद न्यौपानेको जोडी बनेर काम गरेकी छन् । विनोदको पनि त्यत्तिकै सशक्त भूमिका यो चलचित्रमा भएको पनि ऋचाले प्रस्टयाइन् । सिनेमाका कथासँगै निर्माण राम्रो भएकाले यो पागल मनले दर्शकको मन जित्ने यी अभिनेत्रीको विश्वास छ ।