कच्ची सडकका जीपको मनोमानी भाडा

राजधानी संवाददाता/गोरखा।

जिल्लाका कच्ची सडकहरूमा मनोमानी हपले भाडा असुली गरेको गुनासो बढेको छ । जिल्लामा रहेका ९ वटा कच्ची सडकखण्ड अन्र्तगत ११ किलो भालुश्वाँरा सडक खण्ड, १२ किलो, छेवेटार, चोरकाटे हुँदै भच्चेक सडकखण्डमा बढी मात्रामा यात्रुसँग मनोमानी भाडा असुल भइरहेको गुनासो आएको हो ।

ट्राफिक प्रहरीको सहयोगमा जीपले मनोमानी गरिरहेको र ती २० हाराहारीमा रहेको बताइन्छ । ती जीपहरू प्रायः भच्चेक, हर्मी, छोप्राक लगायतका स्थानमा यातायात सेवा पु¥याइरहेका छन् । प्रायः जसो भच्चेक चल्ने जीपले प्रत्येक यात्रुबाट एक हजार लिने गरेको एक यात्रुले बताए । उनका अनुसार यात्रुबाट बढी भाडा असुल गरेका रकम १२ किलोका  ट्राफिक प्रहरीको भागमा पनि केही पर्छ ।

भाडा, एक हजारदेखि १५ सयसम्म

‘बस चल्न छोडिगयो, जिपले चढ्ने बित्तिकै एक हजार देखि एक हजार पाँच सय हपैयाँसम्म भाडा माग्छ’ गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा भेटिएका सन्त बहादुर गुरुङ्गले भने । केही दिन यता परेको अबिरल वर्षापछि गोरखाको छोप्राक, थालाजुङ्ग हुँदै भच्चेक, १२ किलोबाट बारपाक लगायतका कच्ची सडकहरूमा जिप व्यवसायीको मनोमानी सुरु भएको छ । अहिले १२ किलो बजारमा लाम लागेका जिपहरूले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

‘चित्रेपोखरी, थालाजुङ, धारापानी, भच्चेक जहाँ झरे पनि १ हजार भाडा लिन्छ’ धारापानीमा भेटिएकी सिरानचोक–१ की कालीमाया गुरुङले भनिन् । यसअघि गोरखा यातायातबाट सञ्चालित बसहरूले उक्त सडकमा यात्रा गर्दा १२ किलोबाट भच्चेक बजारसम्म प्रतिव्यक्ति २२० हपयाँ मात्र भाडा लिने गर्थो । अहिले जिप व्यसायीहरूले त्यसको ४ गुणा बढी लिने गरेको पाइएको छ ।

रातो नं. प्लेटका जिपमा  यात्रु

रातो नम्बर प्लेट रहेका जिपहरूले बिना अनुमति प्रहरीकै अगाडि एउटा जिपमा १० जनासम्म यात्रु कोचेर ल्याउने लैजाने गरिरहेको छ । वर्खा लागेसँगै कच्ची सडकमा गुढ्ने सार्वजनिक बसहरू थन्किएपछि जिपहरूको मनोमानी बढेको हो ।

यातायातको अन्य बिकल्प नभएपछि जोखिम मोलेरै भए पनि जिपमा यात्रा गर्न बाध्य भएका यात्रुले भाडादर भने साह्रै बढी भएको गुनासो गरेका छन् । ‘यस्तो बाटो छ, ५०० सम्म त ठिकै हो, तर हजार–हजार भन्छ’ उनले  भने । यसरी जिप व्यवसायीहरूले मनोमानी गर्दा पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नियमन निकायले वास्ता गरेको छैन ।

यता व्यसायीहरूले भने यात्रुलाई सुविधा दिन जोखिम मोलेरै भए पनि जिप चलाएको दाबी गरेका छन ्। आफ्नो लगानीलाई जोखिम राखेर सुविधा दिएको उनीहरूको दावी छ । हरेक दिन १२ किलोचोकभन्दा केही अगाडि झण्डै एक दर्जन जिपहरू यात्रुको प्रतीक्षामा बसिरहेका भेटिन्छन् । जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने यात्रु ठगिएको जानकारी पाए कारबाही गर्ने बताए ।

कच्ची सडक भए पनि मापदण्ड हेरेर ‘रुट पर्मिट’

सार्वजनिक सवारीसाधन व्यवस्थित गर्न कच्ची सडक भए पनि मापदण्ड हेरेर ‘रुट पर्मिट’ को व्यवस्था गरिएको छ । ९ वटा सडकलाई ‘रुट पर्मिट’ कायम कायम भएको छ । भच्चेक, बारपाक, आरूघाट, मनकामना, पालुङटार जोड्ने मुख्यःमुख्य कच्ची सडकमा ‘रुट पर्मिट’ लागू गरिएको हो ।