जन्मिदै सिकलसेल जाँच गराउन सुझाव

रुद्र सुवेदी/नेपालगन्ज ।

पश्चिम तराईका थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको हपमा देखा परेको सिकलसेल एनिमियाँ रोकथामको लागि बच्चा जन्मिने वित्तिकै सिकलसेल जाँच गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन् ।

भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेलको निराकरणका लागि समुदायमा सचेतनासँगै रोकथामका लागि विभिन्न उपायमध्ये नयाँ जन्मने शिशूमा सिकलसेल एनिमिया÷थालसेमिया भए नभएको जाँच गराउनु पर्ने बताए ।

डा. पाण्डेले सिकलसेल एनिमिया बच्चा जन्मदै आमाबाबुबाट बच्चामा आउने वंशाणुगत रोग भएकाले त्यस्ता बच्चालाई उपचारका लागि सिकलसेल जाँच भएको खण्डमा चिकित्सकलाई सहज हुने स्पष्ट पारे ।

‘सामान्य तथा सिकलसेलको बिरामी बच्चाहरूमा निमोनिया, जन्डिस, शरीरको जोर्नी दुख्ने जस्ता लक्षण देखिने गरेको र त्यो उपचारका लागि आउने बच्चालाई सिकलसेल जाँच गरेको अवस्थामा चिकित्सकलाई उपचार गर्न सजिलो हुने र सो नभए चिकित्सकलाई उपचारमा समस्या हुनसक्ने भएकाले समुदायमा बच्चा जन्मने वित्तिकै सिकलसेल जाँच गराउनु आवश्यक छ’–उनले भने ।

उनले अमेरिका, बेलायत जस्ता विकसित देशमा शिशू जमिन्नासाथ सिकलसेल र थालसिमियाको जाँच हुने गरेको जानकारी दिंदै नेपालमा पनि जाँच गर्ने नीति ल्याउनु पर्ने बताए । जन्मिनासाथ जाँच भए रोगको पहिचान हुने र उपचारमा सहज भई जोखिम कम हुने उनको भनाइ छ ।

उनले सानैमा रोगको पहिचान हुन नसक्दा धेरैले दुःख पाएको बताए ।

रोग र समस्याको बारेमा पहिचान नभएकै कारण एउटा रोगको उपचार गर्नुपर्ने ठाउँमा अर्को रोगको उपचार हुने गरेको बताए । उनले भेरी अञ्चल अस्पतालमा उपचारको लागि आएका सिकलसेलका बिरामीको भोगाई सम्झदै भने, ‘पेट दुखेर एपेन्डिक्स भयो भनेर शल्यक्रियाका लागि तयार भएको बिरामी सिकलसेल जाँच गर्दा सिकलसेलका कारण दुखेको पाइयो । सिकलसेल भएको बिरामीलाई झण्डै एपिन्डिसको शल्यक्रिया भएको थियो, उनले घटना सुनाए ।  उनले एपिन्डिसको शल्यक्रियाका लागि तयार भएको बिरामीको जाँच गर्दा सिकलसेल फेला परेको र उपचार पछि निको भएर घर गएको बताए ।

भेरी अञ्चल अस्पतालमा दैनिक ५÷७ जना सिकलसेलका बिरामी  आउने गरेको अस्पतलालले जनाएको छ । पछिल्लो समयमा २०७४ भदौदेखि जेठको अन्तिमसम्ममा ओपिडीबाट १ हजार ७३ जना सिकलसेलका बिरामीले सेवा लिएका छन् ।

अस्पतालले सामाजिक सुरक्षा एकाइमार्फत सेवा दिन सुरु गरेको भदौ २०७२ देखि जेठ २०७५ अन्तिमसम्ममा ५५४ जना बिरामीले अस्पतालले जनाएको छ । सो सेवाका लागि बाट ३५ लाख ६५ हजार ८०७ हपैयाँ बराबरको खर्च भएको अस्पतालको सामाजिक सुरक्षा एकाइले जनाएको छ ।

यसैबीच भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट (केमिकल) उपलब्ध गराइदिए अस्पतालले निःशुल्क हपमा सिकलसेलको परीक्षण गर्न सक्ने बताए । उनले सिकलसेल परीक्षणका साथै उपचारको लागि अस्पताललाई अध्ययन केन्द्र बनाउने गरी काम अगाडि बढेको जानकारी दिए ।