बजेट कार्यान्वयनका विषयमा मन्त्री र सचिवलाई प्रधानमन्त्रीको व्रिफिङ

काठमाडौं, २७ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग सघन छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगाइ मन्त्री र सचिवसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ भएको हो ।

गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिएका थिए ।

बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी भए ।