जंगली च्याउ खाँदा तुलसीपुरमा एकै घरका, तीन जना गम्भिर बिरामी

ओपेन्द्र बस्नेत तुलसीपुर, २७ असार ।

दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा एकै घरका तीन जना गम्भिर बिरामी परेका छन् । बिरामी पर्नेमा तुलसीपुर उपमहागनरपालिका – १ भमके निवासी ५२ बर्षका होताराम भण्डारी, उहाँकी श्रीमती खगी भण्डारी र १२ बर्षका छोरा टीकाराम भण्डारी रहेको चिराघाट प्रहरी चौंकीका इन्चार्ज भरतनाथ योगीले जानकारी दिए । बिरामीको राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उचपारका लागि नेपालगंज रिफर गरिएको छ । मंगलबार दिउसो जंगलबाट खोजेर ल्याएको च्याउ बेलुकी पकाएर खाएका थिए ।