सिरियामा १७ लडाकू मारिए

बग्दाद/एजेन्सी– टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएका छन् । टर्कीसँग सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् ।

एकजना अधिकारीले भने, ‘ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन् ।’ सिरियामा गत केही समयदेखि आतंककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ । सिरियामा गएको ६ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।