सर्पको टोकाइबाट झापामा एकको मृत्यु


झापा।

झापा बाहदसी गाउँपालिका सिमलचौक केक्राबारीकी चन्द्राबती राजबंशीको गएराती गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ ।
तराईमा गर्मी मौसममा बिषालुसर्पको विगविग हुने भएकोले हरेक बर्ष धेरैले अकालमा सर्पदंशबाट ज्यान गुमाउँदै आएका छन् । खेतवारी,जंगल,बाटो देखि लिएर घरभित्र सम्म आउने भएकोले तराईमा सर्पबाट कदम कदमा सावधानी अपनाउन सकेन भने र समयमा सर्पको टोकाइबाट उपचार गर्न सकेन भने मृत्युको मुखमा पुग्न केही बेर लाग्दैन ।