विश्वकपमा प्रिमियर लिगका खेलाडी

एजेन्सी/मस्को।

फिफा विश्वकपको फाइलन खेलको पखाईमा विश्वभरिका फुटबलप्रेमी बसिरहेका छन् । यसपटक सन् २००६ पछि विश्वकपमा सेमिफाइनल पुग्ने ४ वटै टोली युरोपबाट छन् । यसको अर्थ विश्वकपको उपाधि युरोपले नै लिने पक्का भइसकेको छ ।

त्यतिमात्र होइन यसपटक विश्वकपमा जमेका खेलाडीहरू पनि युरोपका विभिन्न चर्चित लिगमा खेल्ने खेलाडीहरू नै रहे । त्यसमा पनि प्रिमियर लिगका खेलाडीहरू यसपटकको विश्वकपमा धेरे चर्चामा रहे ।

सेमिफाइनलसम्म पुगेको टिमलाई विश्लेषण गर्ने हो भने थाहा लाग्छ प्रिमियर खेलको विश्वफुटबलमा कति प्रभाव छ भने । आधाभन्दा बढी खेलाडी प्रिमियर लिगका नै थिए ।

यसपटक इंग्ल्यान्डको टोलीमा रहेका २३ खेलाडी सबै नै प्रिमियर लिगबाट खेल्ने खेलाडी रहेका छन् । बेल्जियमको टोलीमा रहेकामध्ये ११ खेलाडी प्रिमियर लिगबाट खेल्ने खेलाडी परेको देखिन्छ । उता फ्रान्सको टिममा ५ जना खेलाडी प्रिमियर लिगका क्लबमा खेल्दै आएका खेलाडी रहेका छन् । सेमिफाइन लिस्ट अर्काे टोली क्रोएसियामा पनि १ खेलाडी प्रिमियर लिगमा छन् ।

उसो त युरोपका अन्य लिगहरूका खेलाडी पनि यसपटकको विश्वकपमा रहेका छन् । जसमा स्पेनको ला लागिमा खेल्ने खेलाडीको सख्या १२ रहेका छ । त्यसैगरी फ्रेन्च लिग वानमा खेल्ने खेलाडीको संख्या पनि १२ नै रहेको छ । विश्वकपमा ३२ देशको सहभागिता रहेको थियो । फ्रेन्च लिगमा खेल्ने बढी खेलाडी फ्रान्सकै टिममा रहेकाले पनि धेरै पर्न सफल भएका छन् ।

फ्रान्सको टिममा मात्र ९ जना खेलाडी फ्रेन्च लिगका छन् । यस्तै लागि लिगामा पनि फ्रान्सका ६ खेलाडी रहेको पाइन्छ । क्रोएसियाका ४ र बेल्जियका २ खेलाडी पनि ला लिगामा खेलिरहेका खेलाडी हुन् । जसले खेललाई रोमाञ्चक बनाएको थियो । साबिक विजेता जर्मनी समूह चरणबाट बाहिरियो । उसको लिग बुन्डेसलिगा पनि विश्वको उत्कृष्ट लिगभित्र पर्दछ ।

यो लिग खेल्ने ९ खेलाडी यसपटक विश्वकपमा देखा परे । त्यसैगरी इटालीको सिरिएमा खेलिरहेका ८ खेलाडी विश्वकपमा उदाउँदा इटालीले भने सन् २०१८ को विश्वकप गुमाएको थियो । पूर्वच्याम्पियन इटालीले रसिया विश्वकपका लागि छनोट नै हुन सकेन ।