मनमोहन स्मृति कराँते शनिबार

राजधानी समाचारदाता/काठमाडौं ।

नेपाल सितोरियो कराँते डो संघ, शाखा डोजो घण्टाघरको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिता शनिबार हुनेभएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् । पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका खेलहरू पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछन् ।