आठ संघ खारेज

काठमाडौं/रास– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । खेलकुद विकास ऐन, २०४८ र खेलकुद विकास नियम, २०४९ (संशोधित)सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरी राखेपबाट गत ४ जेठमा राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाइएकाले खेलकुद विकास ऐन, २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टागरिएको हो ।

खारेजीमा परेका संघमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जिनकाई कराँते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराँते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन् ।