तेक्वान्दो टोली कोरियातर्फ

राजधानी समाचारदाता /काठमाडौं।

१२औं विश्व तेक्वान्दो कल्चर एक्पोमा नेपालबाट दुवै तेक्वान्दो संघका खेलाडीको सहभागी हुने भएको छ । ९ सदस्यीय राष्ट्रिय तेक्वान्दो संघ– नेपालको टोली बुधबार दक्षिण कोरियाको मुजु प्रस्थान गर्दा नेपाल तेक्वान्दो संघका १३ सदस्यीय टोली जेजु तर्फ नै प्रस्थान गरेका छ ।

जुलाई १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा मनिष बसेल, जितबहादुर कामी, विशाल पौडेल उपाध्याय, हरि थापा, विनोद श्रेष्ठ र राधाबहादुर तामाङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विकास श्रेष्ठ, व्यवस्थापकमा रेशम तामाङ र प्रशिक्षकमा धर्मेन्द्र बानिया अग्रहरि रहेका छन् ।

सोही टोलीले दक्षिण कोरियाको जेजुमा जुलाई १८ देखि २४ तारिखसम्म हुने जेजु कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाउने राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राजकुमार कार्कीले जनाएका छन् । टोलीलाई गृहमन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।

यसैगरि, नेपाल तेक्वान्दो संघले पनि १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको छ । नेपाल संघका अध्यक्ष प्रकाशशमशेर राणाले बिदाइ गरेका थिए । रोशन खानको नेतृत्वमा ११ खेलाडीले विभिन्न तौल समूह प्रतिस्पर्धा गर्नेछन् । टिमको व्यवस्थापनमा मीरा थापाले गरेकी छिन् ।

च्याम्पियनसिपको पुरुषतर्पm ६३ केजी तौल समूहमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा उज्वल श्रेष्ठ, ४८ केजीमा मोहम्मद उमर खान, ५४ केजीमा अब्बास खान, ४५ केजीमा सहवीरजंग रावल, ५४ केजीमा रोनिस काजी, ४० केजीमा जिप्सन नेपाल र ४५ केजीमा सागर बरालले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । महिलातर्पm ५३ केजीमा मेलिना गुरुङ मगर, ६७ केजीमा धनमाया सिन्जाली र ६३ केजीमा रेखमाया गुरुङले प्रतिस्पर्धा गर्नेछिन् ।

११ जना खेलाडीले नै पुम्सेतर्पm पनि प्रतिस्पर्धा गर्ने टिमका मुख्य प्रशिक्षक खानले जानकारी दिए । नेपाली टोली च्याम्पियनसिपमा थाइल्यान्डको बैंककमा आगामी २२ जुलाईमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो सेमिनारमा सहभागी हुन त्यसतर्पm प्रस्थान गर्नेछन् । तिराक तेक्वान्दो एसोसिएसनको आयोजनामा एकदिने सेमिनारमा सहभागी हुने कार्यक्रम रहेको टोलीका खेलाडी दीपेन्द्रले जानकारी दिए ।