उमा कुङफुमा सिद्धार्थको योगदान

राजधानी समाचारदाता/काठमाडौं ।

केही समय अघिसम्म नेपाल उमा कुङफु खेलको विषयमा धेरैलाई थाहा छैन । तर, नेपालमा उमा कुङफु खेलको विकासमा महŒवपूर्ण योगदान दिएका ताकेश्वर नगरपालिका–२ का सिद्धार्थ लामा तामाङ नेपाल उमा कुङफु संघका पहिलो निर्वाचित अध्यक्ष हुन् । २०७० सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएसँगै यो खेलले थप उचाई लिन सफल भएको अध्यक्ष लामा बताउँछन् ।

‘उमा कुङफु खेल मात्र होइन । यो एउटा कला हो । यसले जीवनलाई नजिकबाट बुझ्ने अवसर दिन्छ । त्यसैले यो खेलमा धेरैको आकर्षण छ,’ उनी भन्छन् । २०७० सालअघिदेखि नै कुङफु खेलको विकासमा महŒवपूर्ण योगदान दिएका लामाले संस्थापक सचिवका रूपमा सक्रिय भएर काम गरेका थिए । उनी कानुन व्यवसायी समेत हुन् । नेपालमा कुङफु खेलको विकास र विस्तारमा उनको योगदानको कदर गर्दै ‘वल्र्ड मार्सलआर्ट कमिटी’ अस्ट्रियाले सन् २०१६ मा उनलाई नेपालका लागि राष्ट्रिय डाइरेक्टरमा नियुक्त गरेको थियो ।

त्यसैगरी उनी अन्तर्राष्ट्रिय कुङफु फेडेरेसनको लाइनभन्दा कमिटीका उपाध्यक्ष पनि हुन् । त्यसैगरी विश्व कुङफु टोए फेडेरेसन, डेनर्माकका उनी नेपालका लागि आधिकारिक प्रतिनिधिसमेत हुन् । सन् २०१८ को २१ मेमा उनलाई नेपालका लागि अन्तर्राष्ट्रिय कुङफु फेडेरेनले अध्यक्षमा नियुक्त गरेको उनी बताउँछन् ।

उमा कुºफुलाई ७७ वटै जिल्लामा विस्तार गरेर सबैको रोजाइमा पार्न मेरो हरसम्भव प्रयास रहनेछ

खेलकुद र आफ्नो व्यवसायलाई सँगैसँगै लिएर हिडेको बताउँने लामा ललितपुर बार एसोसिएसनका सक्रिय सदस्य पनि हुन् ।

उनकै पहलमा प्रत्येक वर्ष १० जना खेलाडीले चीनमा छात्रवृत्ति पाएको बताउँछन् । ‘ सन् २०१७ मा न्युयोर्कको क्युन्स कलेजमा भएको अन्तर्राष्ट्रिय कुङफुको कल्चरल कन्फेरेसनका अवसरमा सो सहमति भएको थियो । जसले नेपलामा उमा कुङफु खेलको विकासमा ठूलो उपलब्धि हुने देखिन्छ,’ उनी उत्साहित हुँदै भन्छन् ।

उनले खेलकुदको विकासका साथ साथै प्राविधिक रूपमा आफूलाई समेत अब्वल बनाएका छन् । सन् २०१६ मा उनले वल्र्ड मार्सल आर्ट कमिटीबाट अन्तर्राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गरेका थिए । लामाले कुङफुका तेस्रो डान प्राप्त व्यक्ति हुन् ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्री र कोचका रूपमा अनुभव बटुलेका छन् । कुङफुका सबै क्षेत्रमा सक्रिय रहेर यसको विकास र विस्तारमा निरन्तर लागिरहेका लामाले नयाँ दिल्लीमा सन् २०१५ मा भएको वल्र्ड च्याम्पियनसिपमा कोचको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी, पहिलोपटक बंैंककका उनले वल्र्ड मार्सल आर्ट गेम्समा पहिलोपटक अन्तर्राष्ट्रिय रेफ्रीको अनुभव लिएका थिए भने सन् २०१७ मा डेनमार्कमा युरोपियन च्याम्पियनसिपमा जजको भूमिलाई न्याय गरेको बताउँछन् ।

 सन् २०१७ मा उनकै नेतृत्वमा नेपालको उमा कुङफु संघले अमेरिकाको फ्लोरिडामा भएको विश्व मार्सल आर्ट युएस ओपन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । त्यसैगरी नवौं वार्षिक युएस ओपन मार्सल आर्ट च्याम्पियनसिप र सातौं वार्षिकअन्तर्राष्ट्रिय कुङफु कल्चरल सम्मेलनमा समेत नेपालले सहभागिता जनाएको थियो ।

यसरी उनी कोच, रेफ्री, सेनियर खेलाडीको भूमिकामा मात्र होइन विभिन्न सेमिनारमा ट्रेनरका रूपमा समेत कार्य गरेका छन् । बहुप्रतिभाशाली व्यक्तित्वमा रूपमा रहेको सिद्धार्थ लामा भन्छन्, ‘उमा कुङफुलाई ७७ वटै जिल्लामा विस्तार गरेर सबैको रोजाइमा पार्नका लागि मेरो हरसम्भव प्रयास रहने छ ।’ उनका अनुसार अहिले विभिन्न स्कुलमा विद्यार्थीहरूले उमा कुङफुलाई मन पराएको उनको दाबी छ । भन्छन्, ‘कलात्मक खेल सबैलाई आकर्षण गर्न सफल हुनेछ ।’