वीरांगना हेर्न अभिभावकको साथ

राजधानी समाचारदाता/काठमाडौं ।

सशस्त्र प्रहरीले देश र जनताको रक्षाका लागि गर्ने योगदानलाई लक्षित गरेर तयार गरिएको चलचित्र वीरांगनालाई केन्द्रीय चलचित्र जाँच समितिले प्यारेन्स गाइडेड (पीजी) प्रमाणपत्र दिएको छ ।

फिल्ममा हिंसाका दृश्य बढी भएकाले बालबालिकाले अभिभावकबिना हेर्न नमिल्ने भन्दै सेन्सरले यसलाई पीजी प्रमाणपत्र दिएको हो । यो चलचित्र २९ असारबाट देशव्यापी प्रदर्शनीमा आउँदै छ । प्रदर्शनीको चार दिनअघि यो चलचित्रको सेन्सर

गरिएको हो । यो चलचित्र हेर्न अब १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा जानुपर्ने हुन्छ । वीरांगनालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । आफ्नो चलचित्र द्वन्द्वप्रधान नारी कथा र समवेदनामा आधारित रहेको यी निर्देशकले बताएका छन् ।

जसमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सहनिर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।

यो चलचित्रमा शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसार्इं, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।