ललितपुरमा फोहोर थुप्रियो, महानगर भन्छ : फोहोर उठाउन वर्षा र गाडी बाधक

नवीन लुइटेल/ललितपुर ।

ललितपुर महानगरपालिकाको नगरसभा बैठक बुधबार चलिरहदा ,नगरसभा स्थलभन्दा २ किलोमिटर वरपरको स्थानमा फोहोरका डुङ्गुर थुप्रिएका थिए । आम बटुवादेखि लिएर स्थानीयवासी थुप्रिएको फोहोर नजिकैबाट हिड्दा नाक र मुख छोपेर हिँडिरहेका थिए । लगनखेल वसपार्क होस् या कुमारीपाटीको सडकछेउ थुप्रिएका फोहोर ब्यवस्थापन हुन नसक्दा दिनदिनै फोहोर थुप्रिएका छन् र्। कति फोहोर हो यो , लगनखेलमा मुख थुनेर हिड्दा पनि कस्तो गन्हाएको छ्या , बडिखेलको वस कुर्दै गरेका एक यात्रीले भने र्, म ४–५ दिन भइसक्यो यहि बाटो हिडेको किन यत्तिका दिनसम्म फोहोर उठाइएन । फोहोर थुप्रिदा वटुवा मात्र नभई सवारीसाधन चालक र वरपरका पसलमा समेत दुर्गन्धले चिन्तित बनाएको छ ।

कुहिएका वस्तु र प्लाष्टिकले गर्दा झन् अफ्ठेरो परेको त्यही ड्युटिमा बसेका एक प्रहरी गुनासो गर्छन् र्। ड्युटि गर्ने प¥यो , फोहोर छ नाक खुम्चाउँदै हिडेको देखिन्छ , उनले भने र्, महानगरको गाडी आएपनि अलिअलि हाल्छ , त्यत्रा थुप्रिएका फोहोर त्यसै हुन्छ । लगनखेलमा जस्तै ब्यथा कुमारीपाटी , ग्वार्खो , र छावहालमा पनि छ । महानगरले ती चार ठाँउमा फोहोर संकलन गर्ने स्टेसन बनाएपनि ब्यक्तिहरुले आफुखुसी अन्य स्थानमा पनि फोहोर थुपारिरहेको भेटिएको छ । रिङरोडको छेउमै रहेको ताल्चिखेल नजिकै , बोल्खु , मदनस्मारक स्कुल नजिकै पुल्चोक लगायत महानगरका भित्री तथा बाहिरी सडक र गल्लि वरपर पनि फोहोर गत १० दिनदेखी उठ्न नसकेको स्वयं महानगरपालिकाले नै स्वीकार गरेको छ ।

ललितपुरका विभिन्न स्थानमा थुप्रिएका फोहोर उठाउन र उठेका फोहोर नुवाकोट सिसडोल ल्याण्डफिल्डमा विर्सजन गर्न वर्षा र गाडी बाधक भएको महानगरले जनाएको छ । मौसममा कुनै खराबी नआए नियमित ढंगले फोहोर फाल्न सिसडोल लान सकिने ललितपुर महानगरपालिकाले जनाएको छ । पानी परेका बेला उपमहानगरका ठुला सवारी साधन सिसडोलसम्म पुग्न निकै कठिन हुने गरेको उपमहानगरको भनाई छ र्। १० टन फोहोर बोक्ने गाडी पनि पुराना भैसके , सिसडोलमा पानी परेका बेला गाडी तान्नै मुस्कील हुन्छ , उपमहानगरका वातावरण इन्जिनियर प्रदीप अमात्यले भने र्, फोहोर संकलन देखी विर्सजन गर्नसम्म पनि गाडी र वर्षा नै बाधक छ । गएको केही दिन पानी नपर्दा फोहोर फाल्न केही सहज भएपनि पानी परेपछि उस्तै समस्या निम्तने उनले बताए र्। पहिले पहिले दुई टिप गर्ने सवारी साधनहरुले अहिले एक टिप मात्र गर्छन् , उनले भने , अहिलेत सिसडोलमा पहिरो खस्दा फोहोरै लैजानै सकिएको छैन । काठमाडौं महानगरपालिकाको टेकुमा रहेको जस्तो सबस्टेसन ललितपुरमा नहुँदा सिसडोल बन्द भएका बेला यहाँ फोहोर उठाउन कठिन भएको उनले बताए । उनका अनुसार पहिरो खसेको पन्छाउन र बाटो बनाउने बिहीबार एक टोली त्यसतर्फ जादैछ । दैनिक ९० टन फोहोर खपत हुने महानगरले ६० टन आँफै र ३० टन फोहोर प्राइभेट कम्पनीले ब्यवस्थापन गर्ने गरेको इन्जिनियर अमात्य बताउछन् ।

फोहोर फाल्ने ओखरपौवा सिसडोलको १ किलोमिटर सडकमा फोहोरको दलदलले गर्दा फोहोर बोक्ने गाडी जान पानी पर्दा समस्या हुने महानगरपालिकाका कार्यकारी प्रमुख हरि दाहाल बताउछन् र्। बाटो अबरुद्ध भएपछि , संकलन भएको फोहोर फाल्न लैजान गा¥हो पर्छ , उनले भने , फोहोर नउठ्दा दुगन्ध फैलिएको थियो । महानगरले फोहोर संकलन गर्ने स्थानका रुपमा बागडोल सुुन्दरीघाटलाई लिने तयारी गरेपनि त्यहाँका स्थानियले विरोध जनाएपछि त्यो काम रोकिएको छ र्। बालकुमारी बाहेक अर्को फोहोर संकलन केन्द्र नहुनु र सिसडोलको बाटो पनि निरन्तर पानी पर्दा गाडी जान नसक्नु हाम्रा लागी चुनौती हो , उनले थपे र्, फोहोर फाल्नका लागी सिसडोलको विकल्प हुनु जरुरी छ । नजिकैको बन्चरेडाँडामा फोहोर फाल्ने ब्यवस्था गरिने भनिएपनि त्यो कार्यान्वयन नहुदा समस्या थपिएको हो ।

फोहोर ब्यवस्थापनका लागी दीर्घकालीन उपाय नहुँदा समस्या ज्युँका त्युँ नै छ , उनले भने र्, गाडीको समस्या पनि उपमहानगरको टाउको दुखाई हो । उपमहानगरसँग १ दशमलब ५ टन बोक्ने १२ वटा र १० टन फोहोर बोक्ने ४ वटा सवारीसाधन छन् । ती गाडीहरु अधिकांश पुराना भएकाले मर्मतका लागी मात्रै वार्षिक ५५ लाख खर्च भइरहेको इन्जिनियर अमात्यले जानकारी दिए । उनका अनुसार गाडीको इन्धनका लागी मात्र वार्षिक १ करोड ७५ लाख रुपैयाँ खर्च भईरहेको छ र्। काठमान्डौँमा फोहोर १ महिनासम्म थुपार्न सकिने संकलन केन्द्र टेकुमा छ , उनले भने , ललितपुरमा भने बाल्कुमारीमा रहेको संकलन केन्द्रमा १–२ दिन पनि फोहोर जम्मा गरेर राख्न सकिने स्थिती छैन ।