बसको ठक्करले स्कुटर चालकको मृत्यु

ललितपुर/रास – ललितपुरको थसिखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मंगलबार साँझ भएको सो दुर्घटनामा स्कुटर चालक एक महिलाको मृत्यु भएको हो । बा१ख ९२५४ नम्बरको बसको ठक्करबाट बा७५प ५६४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ललितपुर बस्ने खोटाङकी ३८ वर्षीया सुनिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा बी एन्ड बी अस्पतालमा मंगलबार राति २ बजे उनको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते स्कुटर पछाडि सवार मृतककी १२ वर्षीया छोरी समृद्धि कार्कीको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार छन् ।