दुर्घटनामा मृत्यु

राजविराज/रास– गत राति पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिकामा बा१९च १४२४ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा राजविराज नगरपालिका १ बस्ने ४० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।