सिमकोट गाउँपालिका पूर्ण खोपयुक्त घोषणा

मिमसिहं नेपाली/हुम्ला।

हुम्लाको सिमकोट गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छसिमकोट गाउँपालिका वडानं १ देखि ८ सम्म वडामा रहेका १५ देखि २३ महिना सम्मका २सय ५९ जना बालबालिकालाई सरकारद्धारा निशुल्क प्राप्त सबै किसिमका खोपहरु लगाई सकेकाले पूर्णखोप सुनिश्चितताको गाउँपाकिला घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थय शाखा संयोजक धुव्र सिहँले जानकारी दिए ।

तस्वीर :घोषणा सभामा सहभागीहरु मिमसिहं,राजधानी,हुम्ला ।

 

सिमकोट गाउँपालिका सबै वडामा बिसिजी ९८,डिपीडी ९४,ओपिभी ९४ पिसिभि९२ जेई ९४ र एमआर ८८ प्रतिशत बालबालिकालाई सरकारले निर्धारण गरेका सबै प्रकारका खोप दिएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रन्जित कुमार यादवले बताए ।
विहीबार एक बिशेष कार्यक्रमको विचमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका छन् ।

पूर्ण खोप घोषणा भएपछि अब जन्मेका बच्चाले १ बर्षको उमेर भित्रै पूर्ण खोप पाएको हुनुपर्ने ब्यवस्था छ । गाउँपालिका पनि १ बर्ष भित्र सबै बालबालिकालाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हुम्ला जिल्लाका सातै वटा गाउँपालिका लाई पूर्ण खोप शुनिश्त घोषण तयारी भईरहेको वेला सिमकोट गाउँपापिल भने दोश्रो गाउँपालिकाको रुपमा घोषण भएको जिल्ला स्वास्थ्य कार्यालयका डा. यादवले बताए । यहि गएको असार २५ गतेम खार्पुनाथ गाउँपालिका लाई हुम्ला जिल्लाकै पहिलो पूर्ण खोप शुनिश्ति गाउँपालिका घोषणा गरेका थिए । उनका अनुसार आगामि दिनमा पनि अन्य गाउँपालिकालाई पूर्ण खोप शुनिश्ति गाउँपालिका घोषणा गरिसक्ने रणनिती रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । गएको असार खार्पुनाथ गाउपालिका पनि पूर्ण खोपयुक्त घोषणा भइ सकेको छ । अब जिल्लामा दुई गाउँपालिका पूर्ण खोप युक्त जिल्ला घोषणा भएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रन्जित कुमार यादबले बताए ।