जीप दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु, नौ घाईते

सिन्धुपाल्चोक।

सिन्धुपाल्चोक जिल्लाको पाचँ पोखरीथाङपाल गाउँपालिका सल्लेमा जिप हिजो राती भएको जिप दुर्घटनामा पाँच जनाको निधन भएको छ, । निधन हुनेमा सबै एकै वडा का रहेका छन। पाचँपोखरी थाङ्पाल गाउँ पालिका ३ का नानी तामाङ ,भिमलाल तामाङ ,कोदोमा तामाङ ,टुनमाया तामाङ जय रानी तामाङ रहेका छन । ४ जना को घटनास्थलमा र एक जनाको उपचारको लागि मेलम्ची लैजादै गर्दा निधन भएको थियो ।

घाइते ९ जना लाई उपचारको लागि काठमाडौ लगिएको छ, चालकको अवस्था गम्भीर छ।घाइतेहरुको उदारको लागि राती नाइट भिजन हेलिकप्टर आए पनि खराव मौसमको कारण फर्किएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोख्रेलले जानकारी दिए। पानी परेको कारणले बाटो बिग्रीएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन् । शब चिन्न नसकेका कारण मृत्यु भएका ब्यक्ति पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक परसुराम मल्लले जानकारी दिए।