कतारबाट फर्किएर खुकुरी उद्योग

कतारबाट फर्किएर खुकुरी उद्योग

कृष्ण विदुःखी गौतम

छथर गाउँपालिका हमरजुङ बस्ने श्याम विश्वकर्माले कतारको तातो घाममा चार वर्षसम्म भवन बनाउने ‘लेबर’का रूपमा काम गरे । १७ तलासम्मको भवनमा जोखिमसाथ चढ्दा उनको मुटु का“प्थ्यो । तर, घर फर्किने उपाय थिएन, उनीस“ग । कतार जा“दा आफन्त र गाउ“का साहुमहाजनस“ग एक वर्षभित्र दोब्बर बुझाउने सर्तमा सुनका गरगहना लगेका थिए, उनले ।

छाला नै पाक्ने तातो घाममा महिना दिन काम गर्दा मुस्किलले ८ देखि ९ हजार रुपैया“सम्म हात लाग्थ्यो । पकेट खर्च कटाएर ३ हजार रुपैया“ बचत गरेर घर पठाउन प्रत्येक महिना ‘धौधौ’ हुन्थ्यो । विदेशी भूमिमा कटाएको त्यो दःुख उनी अहिले सम्झन पनि चाह“दैनन् ।
३४ वर्षीय विश्वकर्माले कतारी भूमिमा यति लामो समय काम गर्दा घरमा ३ लाख रुपैया“ पनि पठाउन सकेनन् । उनी भन्छन्, ‘जीवनको ऊर्जाशील समयको पसिना अर्काको देशमा बगाइएछ ।’

कतार जा“दा आफन्त र साहुस“ग खोजेको सुनका गहना बिक्री गरेर उनले ८० हजार रुपैया“ जम्मा पारेका थिए । त्यही पैसा म्यानपावरमा बुझाएर गएका उनले सुन दिएकालाई दोब्बर बुझाए पनि । चार वर्ष कमाएको सबै पैसा जा“दा लगेको सुन किनेर दोब्बर  तिर्दैमा सकियो ।
सिप, मिहिनेत र जा“गर हु“दाहु“दै आफूस“गै भएको सिप चिनेर सदुपयोग गर्न नसकेको पीडा उनलाई कतारबाट घर फिर्ने बेला मात्र भयो । लगत्तै, गाउ“ फर्किएर उनले प्रशान्त खुकुरी तथा कृषि औजार निर्माण उद्योग सञ्चालन गरे ।

सिप, मिहिनेतर जा“गर हु“दाहु“दै आफूस“गै भएको प्रतिभा चिनेर सदुपयोग गर्न नसकेको पीडा उनलाई कतारबाट घर फिर्ने बेला मात्र भयो । गाउ“ फर्किएर उनले प्रशान्त खुकुरी तथा कृषि औजार निर्माण उद्योग सञ्चालन गरे

उद्योग सञ्चालनका लागि स्थानीय साहुस“ग ऋण सहयोग लिएर सुरु गरेको आफ्नै उद्योगमा उनी अहिले खर्च कटाएर मासिक ३० हजार रुपैयाँसम्म कमाइ गर्छन् । उद्योगमा तीन जना युवालाई रोजगारी दिएका छन् । उनले उत्पादन गरेका खुकुरी सिंहापुर, बेलायत, जर्मनलगायतका मुलकसम्म पुग्छन् ।
अन्तर्राष्ट्रिय बजारका लागि काठमाडौंको ठमेलमा रहेका राजन श्रेष्ठ र भीम सुनारले व्यवस्था मिलाइदिएका छन् । खुकुरी टल्काउने ३० हजार मूल्यबराबरको मेसिन लद्यु उद्यम नामक संस्थाले सहयोग दिएको छ । आफूले सञ्चालन गरेको उद्योगमा मासिक ७० देखि १ सय वटासम्म खुकुरी उत्पादन हुने गरेको विश्कर्माले जानकारी दिए । प्रतिखुकुरीको मूल्य न्यूनतम १ हजार ५ सयदेखि ५ हजार रुपैया“सम्म पर्छ ।
स्तरीय उत्पादन भन्दै आपूmले तयार गरेका खुकुरी विदेशीले बढी मन पराउने गरेको उनी बताउ“छन् । उद्योगमा साना, मझौला र ठूला गरी विभिन्न आकारका खुकुरी उत्पादन हुन्छन् । त्यसैले मूल्य पनि फरक पर्न गएको हो ।

खुकुरीको अलवा विश्वकर्माले उद्योगमा स्थानीय गाउ“घरमा प्रयोग हुने र किसानलाई नभई नहुने कृषि औजारसमेत निर्माण गर्छन् । उनले उत्पादन गरेको कोदालो, ह“सिया, चिम्टा, बन्चरो, फाली, खुर्पालगायतका कृषि औजारले गाउ“मै राम्रो मूल्य पाएको स्थानीय प्रकाश पाक्सावा सुनाउ“छन् । यी कृषि औजार मर्मत पनि आफंैले गर्ने गरेकाले थप आम्दानी हुने गरेको विश्कर्माले बताए ।
चार सन्तानको पढाइ र घर खर्च चलाउन पनि उद्योगको कमाइले पुगेकै छ । अब व्यापार विस्तार गरेर उत्पादन बढाउने योजना उनको छ । हातमा सिप हुने धेरै युवाले रोजगारीका लागि विदेश ताकेको देख्दा उनलाई आपूmलेजस्तै दुःख पाउने भए भन्ने  चिन्ता लाग्छ । ल