नेप्सेमा आठ अंकको सुधार

काठमाडौं/रास– बिमा, होटल, जलविद्युत् र उत्पादन समूहको सेयर कारोबार उकालो लागेपछि नेप्से परिसूचक ८ दशमलव ११ विन्दुले बढेर १ हजार २ सय विन्दुमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ७६ विन्दुले उकालो लागेको छ । कुल १७० कम्पनीका ६ लाख ६७ हजार ४३४ कित्ता सेयर १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिदबिक्री भएका छन् ।

स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने बढ्न सकेन । बिमा ४३ दशमलव ४९, होटल ४० दशमलव ६६ र उत्पादन समूह ९ दशमलव ३८ विन्दुले बढेको छ । त्यस्तै, बैंकिङ ७ दशमलव ८५, व्यापार शून्य दशमलव १७, विकास बैंक ७ दशमलव ७१, जलविद्युत् १० दशमलव ७८, अन्य १ दशमलव ९ र माइक्रोफाइनान्स समूह ६ दशमलव ५५ विन्दुले बढ्दा वित्त क्षेत्र भने १ दशमलव ५७ विन्दुले घटेको छ ।