झमकबहादुरको ट्रेलरमा सुन तस्करी काण्ड

 

काठमाडौं/रास– ३३ किलो सुन तस्करीको चर्चा केही दिन यताबाट सेलाएको छ । तर अब यो सुन तस्करीको प्रकरण

चलचित्रमा देख्न पाइने भएको छ  । आफूहरूले चलचित्र ‘झमकबहादुर’मा ३३ किलो सुन तस्करीको प्रकरण समेटेको यसका निर्देशक भोमन कटुवालले बताएका छन् । यसैबीच झमकबहादुरको ट्रेलर रिलिज

गरिएको छ ।

ट्रेलरअनुसार अभिनेता अनुपबिक्रम शाहीले भारतीय चलचित्र मुम्बई एक्स्प्रेस हेरेर सोही तरिकाले सुनको तस्करी गर्छन् । ट्रेलरका अनुसार सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको छ । यो चलचित्र हास्यप्रधान रहेको र जसमा अभिनेता अनुपलाई सुन्न नसक्ने पात्रका रूपमा प्रस्तुत गरिएको पनि निर्देशक कटुवालले बताए । यो चलचित्रमा अनुपविक्रम शाहीसँगै सुजाता थापा, यादब देवकोटा(सरापे), राजु कमेडी, मिनकुमार तामाङ, कल्याण अधिकारीलगायतको अभिनय देख्न पाइनेछ ।