सरकारले केसीको माग पुरा नगर्ने, कांग्रेसलगायत रणनीति तयार पार्दै

काठमाडौं, ३ साउन । सरकारले डा. गोविन्द केसीका माग हुबहु पुरा नहुने जनाएको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले केसीले भनेजस्तो संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित नहुने बताए । विहीबार मन्त्रालयमा पत्रकारसँग उनले भने,‘संसदमा दर्ता भएको विधेयक फिर्ता हुँदैन, त्यसमा संशोधन हुनसक्ने बाटो हुनसक्छ । अहिले डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता हो ।’

सरकारले जुम्लामा हेलिकोप्टर पठाएर केसीलाई ल्याउने तयारी गरेको छ । बल प्रायोग गरी केसी समर्थकमाथि अन्धाधुन्द लाठी चार्ज र अश्रुग्यास प्रहार गरेपछि समर्थकको जीवन रक्षाका लागि केसी काठमाडौं आउन तयार भएका छन् ।

यता, डा. केसीको सत्याग्रह र विधेयकका सन्दर्भमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र नयाँ शक्ति नेपालले समान धारणा तयार पार्न संयुक्त बैठक जारी राखेका छन् ।