नेतासँगै आन्दोलनमा उत्रिइन् पूर्वप्रधानन्यायाधीश कार्की (फाेटाेसहित)

 

द्धारिका काफ्ले
काठमाडौं
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै आमरण अनशनरत चिकित्सक गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै शनिबार पनि नयाँ बानेश्वरदेखि माइतिघर मण्डलासम्म प्रदर्शन भयो ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि अधिकारकर्मी र सर्वसाधारण सहभागी थिए । सहभागीमध्येमा एक थिइन्, पूर्वप्रधानन्यायाधीश सु्शीला कार्की । केसीका माग पूरा गर भन्दै उनी सडकमा उत्रँदा छेउमा नेपाली कांग्रेस नेता गगन थापा, नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई नेतृ हिसिला यमी, अभिनेत्री करिश्मा मानन्धर, विवेकशील साझा पार्टीका संयोजकद्वय रविन्द्र मिश्रलगायतका नेता थिए ।

जब कार्कीले व्यानर समाइन् । सहभागीमध्ये कतिपयले खासखुस गरे, ‘पूर्व प्रधानन्यायाधीश दलका नेतासँग कुम जोडेर हिँडेको मिलेन ।’ कार्कीसँगै जुलुसमा हिँडिरहेकामध्ये कतिपय नेता र अधिकारर्कीका मुद्दा कार्कीले न्यायाधीशका रूपमा निरुपण गरेकी थिइन् ।

यसकारण पनि सहभागी उनको दलीय साँठगाँठसँग अचम्भित देखिन्थे । तस्बिमा हेरौं, केसीप्रतिको ऐक्यबद्धतामा सहभागी र तरण दलले तोडफोड गरेका मन्त्रीका गाडी ।