इन्टरनेटमा बढेको मूल्य फिर्ता

काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता हुने भएको छ ।

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलले साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति गरेको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

सरकारको कर वृद्धिको निर्णयपछि साउन १ गतेदेखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।

असार मसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएपछि पहिलेकै मूल्यमा सर्वसाधारणले इन्टरनेट सेवा पाउनेछन् ।