‘समृद्धिमा मात्रै आदीवासी जनजातीका पहिचान’

काठमाडौं/रास– मुलुक समृद्धि भएमात्र आदीवासी जनजातीको पहिचान जोगिने कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले बताएकी छन् ।

बारा जितपुर सिम्रहामा अयोजित २४ औं  विश्व आदिवासी दिवसको अवसरमा विहीबार चौधरीले आदिवासीहरूले देश बिकास र समृद्धिमा लाग्न आवश्यक रहेको बताइन् । आन्दोलनको बलमा संघीयता स्थापना भएकोले अब संघियतालाई रक्षा र बिकासको निम्ति आदिबासी जनजातीहरूले अग्र मोर्चामा रहेर भुमिका खेल्नु पर्ने चौधरीको भनाई थियो ।

अहिले सरकारले जनपक्षिय काम गर्दै अगाडी बढी रहेकोले आत्तिएका बिपक्षिहरू अनर्गल प्रचारबाजीमा लागेको बताउँदै उनले आन्दोलनले गरेको उपलब्धिलाई संस्थागत गर्न अब छरिएर बसेका आदीवासी जनजाती मिल्नुको विकल्पन नरहेको बताइन् ।

संविधानमा आदिबासीहरूको पक्षमा संबैधानिक अयोगहरू पनि बनेकोले अब छिट्टै सरकारले पदाधिकारी नियुक्त गर्ने र यस्ले धेरै समस्याहरू हल हुने बताइन् । ‘हामीलाई विभिन्न राष्ट्रघाति तत्वहरूले उक्साउन खोजिरहेका छन् तर संमयमित भए मात्रै हाम्रो अधिकारलाइ रक्षा गर्न सकिन्छ’, उनले भनिन् ।

नेपाल आदिवासी जनजाति समन्वय परिषद बारा  ध्दारा आयोजित कार्यक्रममा प्रदेश २ का सभासदहरू ज्वाला साह, सुन्दर बिक, शोभा लामा, सीता गुरुङ र स्थानीय प्रतिनिधिहरूको समेत उपस्तिथि थियो ।