चार महासेनानी सहायकरथीमा सिफारिस

राजधानी समाचारदाता
काठमाडौं, २५ साउन

जंगी अड्डाले नेपाली सेनामा ४ जना महासेनानीलाई सहायकरथीमा बढुवा सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा शंकरबहादुर पण्डित, सुरेन्द्रसिंह रावल, दीपककुमार बानियाँ र प्रेमध्वज अधिकारी रहेका छन् । बढुवा सिफारिस भएका सबै २७ बेसिकका अधिकृत हुन् ।

यसैगरी, प्राविधिक महासेनानी अमुल कार्की ढली प्राविधिक महासेनानीमा बढुवा भएका छन् ।