मिस नेपाल नर्थ अमेरिकाको उपाधी मोनिका घलेलाई

न्युयोर्क । अमेरिकाको न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को ताज मोनिका घलेले जितेकी छिन् । अन्तिम १७ प्रतियोगीलाई पछि पार्दै घले उपाधी चुम्न सफल भएकी हुन् ।

सोही कार्यक्रममा सुजाता लामा प्रथम र श्रीजना राई द्धितिय हुन सफल भएका छन् ।

अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडामा बस्ने सुन्दरीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले कोरियोग्राफी सम्बन्धी तालिमका साथै मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले पनि सहभागीलाई प्रशिक्षण दिएकी थिईन् ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फÞोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फÞातिमा रूमा रहेका थिए ।

उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ । यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़काले उपाधी जितेका छन् । त्यस्तै मिस फोटोजेनिकमा करुणा अधिकारी,मिस स्किनमा आकृति शाह ,मिस स्माईलमा सिर्जना राई,मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुग,मिस राईजिग स्टार स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ ।