बिम्स्टेक रौनक (फोटो फिचर )

(१) बिम्स्टेक बैठकको पूर्वसन्ध्यामा माइतीघर मण्डलामा रङरोगन गरिँदै ।

 

(२) राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विन मिन्टबीच राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटवार्ता ।

 

 

(३) प्रधानमन्त्री केपी शर्मा ओली र बिम्स्टेक बैठकमा सहभागी हुन नेपाल आएका भूटानका अन्तिरिम सरकार प्रमुख एवं सल्लाहकार ल्योन्पो वाङ्चुकबीच भएको औपचारिक भेट ।

 

(४) सुरक्षाका लागि परिचालित प्रहरी ।

 

(५) श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल ।

 

 

(६) बिम्स्टेकको १६औं मन्त्रीस्तरीय बैठक ।

 

 

 

(७) बिम्स्टेक बैठकमा सहभागी हुन आएका विशिष्ट पाहुनाहरूको सवारी हुनुअघि सुनसान बनाइएको बबरमहल क्षेत्रको सडक र सिँगारिएको स्वागतद्वार ।

 

(८) पानीले भिज्ने भएपछि विशिष्ट पाहुनाहरूको स्वागतका लागि बिछ्याइएको रेड कार्पेट प्लास्टिकले छोप्दै सैनिक जवानहरू ।

तस्बिर : द्वारिका काफ्ले, सत्यन श्रेष्ठ, सूचना विभाग र रासस