एसियाड र नेपाल

एसियाड र नेपाल


रामसूदन तिमिल्सिना

नेपालले १९५१ मा नयाँ दिल्लीमा भएको एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आएको छ । नस् १९५४ र १९६२ बाहेकका सबै एसियाडमा नेपालले सहभागिता जनाए पनि एसियाड सुरु भएको ३५ वर्षपछि मात्र नेपालले पदक जितेको थियो ।
सन् १९८६ मा नेपालले पहिलोपटक बक्सिङ र तेक्वान्दोबाट एकैपटक ८ वटा कांस्य पदक जितेको थियो । नेपालले एउटै एसियाडमा अहिलेसम्म यति धेरै पदक जितेको छैन ।


यतिबेला बक्सिङ र तेक्वान्दोमा नेपालले पदक जित्दा ती खेललाई एसियाडमा पहिलोपटक समावेश गरिएको थियो । यसैगरी, यसपटक पनि इन्डोनेसियाको जकार्ता र पोलम्बुङ एसियाडमा पहिलोपटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जित्यो ।
नेपालले एसियाडको इतिहासमा प्यराग्लाइडिङको पदक समेत जोड्दा अहिलेसम्म २ रजत र २२ कांस्य गरी २४ वटा पदक जितेको छ । यसपटक राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते, बक्सिङ र जुडोबाट पदकको अपेक्षा गर्दै सन् १९८६ को भन्दा बढी पदक जित्ने दाबी गरेको थियो । तर, एसियाडको बीचैमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले हारको जिम्मेवारी आफूले बोक्ने भन्दै अभिव्यक्ति दिन पुगे ।
नेपाली खेलकुदमा यो पहिलोपटक घटेको घटना भने होइन । कुनै पनि ठूलो प्रतियोगिता आउनासाथ पदकको महŒवकांक्षा र दाबी गर्ने रोग पुरानै हो । दीर्घकालीन नीति, योजना र सम्भावनाको अध्ययनबिना नै हचुवामा नेपाल खेलकुदले लामो यात्रा तय गरेको देखिन्छ ।


प्याराग्लाइडिङका खेलाडीले आफ्नो जीविकोपार्जनका लागि भए पनि नियमित रूपमा अभ्यास अझ भन्नुपर्दा दैनिक कम्तीमा ५ घण्टा अभ्यास गरेका थिए । जसको फल एसियाडमा प्राप्त भएको छ । अन्य खेलमा दुईतीन महिनाको तयारीमा खेलाडीबाट बढी अपेक्षा र खेलाडीलाई दबाब सिर्जना गर्ने काम भएको देखिन्छ ।
जकार्ता एसियाडमा २९ खेलमा नेपालको सहभागिता रह्यो । एक्पोज, अनुभव र १३औं दक्षिण एसियाली खेलकुदको तयारीस्वरूप यो एसियाडलाई प्रयोग गरिएको बताइरहँदा पनि पदाधिकारीहरूको कमजोरी बाहिरिरहे । प्रतिस्पर्धा गर्न ट्र्याकमा पुगेकी एथलेटिक्स खेलाडी विश्वरूपा बुढा १० हजार मिटर दौडबाट वञ्चित हुनुप¥यो । नेपाली टोलीका प्रक्षिक अमिर आदल र टिम म्यानेजरका रूपमा शान्ति सिंह एसियाड पुगेका थिए । त्यसैगरी, आठ सय मिटरमा जकार्ता पुगको सोमबहादुर कुमाललाई अन्तिम समयमा चार सय मिटरमा सहभागी गराउने मुख्र्याइँ गरिएको थियो ।
नेपाली खेलाडीले पनि ओलम्पिक र एसियाडलाई सहभागिताका रूपमा मात्र लिएको देखिन्छ । उनीहरूले यसमा चयन हुनुलाई नै महŒवपूर्ण मानिदिन थालेसँगै प्रदर्शनमा कमजोर हुन पुगेको छ । एसियाडमा ओलम्पिकमा पदक जितेकादेखि विश्व रेकर्ड बनाएका खेलाडी हुन्छन् । त्यसैले ठूलो लगानी र मिहिनेत गरेका खेलाडीसँग सबै कुराले पछाडि परेका नेपाली खेलाडीबाट ठूलो आशा र अपेक्षा गरिनुहँुदैन । तर पनि नेपालले आफ्नो प्राथमिकताको खेललाई छनोट गर्न नै सकेको छैन । जसका कारण हचुवाका भरमा धेरैभन्दा धेरै खेललाई समावेश गराउने गर्छ ।

नेपाली खेलकुदमा यो पहिलोपटक घटेको घटना भने होइन । कुनै पनि ठूलो प्रतियोगिता आउनासाथ पदकको महŒवकांक्षा र दाबी गर्ने  रोग पुरानै हो

रजत पदक दिलाउने खेलाडी

१९९८ बैंकक एसियाड ः तेक्वान्दो ५५ केजी तौल
सविता राजभण्डारी
२०१८ जकार्ता एसियाड ः
प्याराग्लाइडिङ क्रसकन्ट्री
विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा
बक्सिङमा ६ कांस्य सन् १९८६
दलबहादुर रानामगर
मनोज श्रेष्ठ
सुशील पोखरेल
तुलबहादुर थापा
चित्राबहादुर गुरुङ–१९९०
दीपक महर्जन–२०१०

तेक्वान्दोमा १२ कांस्य– १९८६
विदान लामा
राजकुमार राई
राजकुमार बुढा
रामबहादुर गोच्छे
मनबहादुर शाही– १९९४
किशोर श्रेष्ठ– १९९८
सपना मल्ल– १९९८
२००२
दीपक विष्ट
रेनुका मगर
रिति जिमी राई
२००६
आयशा शाक्य
मनिता शाही
दीपक विष्ट

करातेमा ३ काश्य
१९९४ सिताकुमरा राई
१९९८ सम्बरबहादुर घोले
२०१४ विमला तामाङ

नेपालले रजत पदक जित्न २० वर्ष कुर्नुपरेको छ । त्यो पनि नयाँ खेलका रूपमा समावेश गरिएको प्याराग्लाइडिङबाट सम्भव भएको हो । नियमित लगानी गरिए, देशभरि नै खेलाडी भएका मार्सलआर्टबाट नेपालले किन पदक जित्न सकेन ? यसको लेखाजोखा कहिल्यै पनि गरिएको छैन र अब पनि हुँदैन ।
राखेपमा सदस्य सचिवका रूपमा राजनीतिक नियुक्ति पाएपछि एसियाड र ओलम्पिकमा सेफ दी मिसनका रूपमा नाम दर्ता गराउनुलाई बढी प्राथमिकता दिइन्छ । जसले गर्दा खेलकुदमा नयाँ उचाइ थप्न सकिएको छैन ।

खेलकुद संघभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको विवाद समाधानमा खेलकुदको शीर्षस्थ निकाय राखेपको ध्यान जान सक्दैन । यतिबेला पनि १८औं एसियाडमा सहभागी खेलहरू कुस्ती, कराते, तेक्वान्दो, बक्सिङ, उसुलगायतका संघमा विवाद देखिएको छ । एउटा खेलको व्यक्तिलाई अर्काे खेलको व्यवस्थापक बनाएर पठाइएको छ । यो परम्परालाई तोड्न नसक्नु यसपटकको एसियाडमा देखिएको अर्काे गल्ती हो ।
त्यसैगरी, नेपाली खेलाडीको तयारी, अभ्यास, एक्पोजरको समेत कमी देखिन्छ । कतिपय खेलमा लामो समयदेखि पुराना खेलाडी भिडिरहेका छन् । जब कि, अन्य देशका युवा खेलाडीले एसियाडमा चमत्कार देखाउन सफल भएका छन् ।

कुनै समय नेपाल मार्सलआर्टमा दक्षिण एसियाको बादशाह थियो तर आज त्यो एकादेशको कथा बनेको छ । यस विषयमा अध्ययन अनुसन्धान भएकोु खै ? किन नेपाल झन्झन् तल झर्दै छ । ती संघभित्र दाइजो जसरी एउटै व्यक्तिको राज चलेको छ । देशभरि खेलाडी छन् तर ती खेलाडीले छनोटको अवसरबाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसतर्फ ध्यान जानुपर्ने  अवस्था छ ।