धरहरामा अव बिलम्व नहोस्

पूर्ननिर्माण प्राधिकरणले धरहरा पूर्ननिर्माणका लागि आव्हान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलेपछि धरहरा पूर्ननिर्माणको बाटो खुलेको छ । १२ वैशाख २०७२ सालमा आएको विनाशकारी भूकम्पले नेपालको ऐतिहासिक सम्पदा धरहरा ढलेपछि अहिलेका लागि धरहर इतिहासमा सिमित हुन पुगेको छ । ऐतिहासिक सम्पदा एवं ब्यक्तिको घर निर्माणका लागि सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन गरे पनि प्राधिकरण पटक–पटक राजनितीक कोप भजनमा परेकाले प्राधिकरणले ‘स्प्रिट’ अनुसार काम गर्न सकेको छैन । यसको अर्थ यो प्राधिकरण पुरै निकम्मा भयो भन्न मिल्दैन । सम्पदा निर्माणमा केही ढिलाई भएपनि ब्यक्तिगत आवास निर्माणमा प्राधिकरणको गति बढेको छ पहिलाको तुलनामा ।

ब्यक्तिगत आवास निर्माणको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने प्राधिकरणको कामवाट निरासै हुनुपर्ने स्थिती छैन । ब्यक्तिगत आवास निर्माणको गति सुरु भएकाले प्राधिकरणको अबको ध्यान सम्पदा निर्माणमा केन्द्रित भयो भने ऐतिहासिक सम्पदा निर्माणले पनि गति लिने अपेक्षा गर्न सकिन्छ । ब्यक्तिगत आवास निर्माणमा प्राधिकरणको अनुदान, प्राविधिकलगायत धेरै प्रसंग जोडिएको थियो । तुलनात्मक रुपमा ऐतिहासिक धरोहर निर्माणमा प्राधिकरणको बोझ कम हुन्छ । किनकी ऐतिहासिक धरोहर कुनै निश्चित कम्पनिले निर्माण गर्छ । जस्तो धरहरा जीआईइटीसी–रमनले बनाउने जिम्मा पाएको छ भने रानीपोखरी अर्को कुनै कम्पनिले बनाउने जिम्मा पाउला, बसन्तपुर दरवार, काष्ठमण्डप वा अन्य ऐतिहासिकम मठ मन्दिर एवं सम्पदा प्राधिकरण आफैंले निर्माण गर्ने होईन् उसले निर्माणका लागि वातावरण तय गर्ने हो । नेपालको हकमा समयमै निर्माणका लागि तोकता पनि गर्नुपर्ने होला । ताकेता गर्नुपर्ने वा निर्माणको क्रममा आईपर्ने झमेला निर्मुलीकरण गर्नु प्राधिकरणको कर्तब्य पनि हो । केवल धरहरा निर्माण गरेर मात्रै प्राधिकरणको दायित्व पूरा हुँदैन । काठमाडौमा यस्ता ऐतिहासिक सम्पदा धेरै छन्, ति सम्पदा निर्माण गर्नैपर्छ । यसका लागि प्राधिकरणले प्रतिबद्धता देखायो भने खास अप्ठ्यारो पनि देखिँदैन । सरकारले आर्थिक समृद्धिलाई प्रमुख मुद्दा बनाएको अवस्थामा कुनै शहरलाई आर्थिक रुपमा समृद्ध त्यतिवेला बनाउन सकिन्छ । जतिवेला सहमा भएका सम्पदाहरुलाई नागरिकले दुरुस्तै देख्न पाउनेछन् ।

धरहरा काठमाडौका प्राचिन सम्पदा मध्ये एक भएकोमा कुनै शंका छैन । तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा १९८२ मा बनाएका थिए भने १९९० सालको भूकम्पमा पहिलो पटक भत्किएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्दशमसेरले ढलेको दुई वर्षमै धरहराको पूर्ननिर्माण सम्पन्न गरेका थिए । जबकि १९९० सालमा प्रविधीको अहिलेजस्तो विकास भएको थिएन न त उत्पादन सामग्रीनै अहिले जस्तो सहज थियो । तुलनात्मक रुपमा प्रविधिले अहिले धेरै साथ दिएको छ । कति तलाको कुन उचाईमा बनाउन सुरक्षित बनाउन सकिन्छ नक्सा हेरेरै भन्न सकिन्छ । धरहरा ढलेपछि कहिले सरकार आफैं त कहिले टेलीकमले बनाउन भनेर विभिन्न अध्ययन नभएको होईन । प्राधिकरणले विना बहानाबाजी भुमिका निर्वाह ग¥यो भने बढीमा तीन वर्षमा धरहरा ठडिनेमा कुनै शंका छैन आशा गरौं । अबको तीन वर्षमा आम सर्वसाधारणले काठमाडौको सानको रुपमा परिचित धरहरा ठडिएको हेर्न पाउनेछन् ।