आइफोनले ल्याउने नयाँ फोनको विषेशता यस्तो छ

राजधानी समाचारदाता, काठमाडौ । आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने उक्त मितिको भव्य समारोहका लागि मिडियाहरुलाई निम्तो पठाउन सुरु गरेको छ ।

एप्पलले उक्त समारोहमा सार्वजनिक हुने उतपादनकोे बारेमा केही खुलासा गरेको छैन । एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष समारोहको आयोजना गरी आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने गर्दछ ।
निमन्त्रणामा उल्लेख भए अनुसार १२ सेप्टेम्बरको राति साढे १० बजे एप्पलको विशेष कार्यक्रम हुनेछ । एप्पलले आइफोन एक्स प्लस, आइफोन एक्स एस तथा ६.१ इन्चको स्क्रिनवाला एलसिडी फोन एकसाथ सार्वजनिक गर्ने बताइएको छ ।

अघिल्लो वर्षझैँ यो पटक पनि बुधबारको दिन एप्पलको विशेष समारोह हुनेछ । एप्पलको परम्परा अनुसार नै अमेरिकामा १४ सेप्टेम्बर शुक्रबार देखि नयाँ आइफोनको प्रिअर्डर सुरु हुने अनुमान गरिएको छ । त्यस्तै सेप्टेम्बर २१ देखि नयाँ आइफोनको बिक्रि सुरु हुने बताइएको छ ।

एप्पलले ल्याउने आइफोन एक्स प्लसमा ६.५ इन्चको स्क्रिन हुनेछ । यो एप्पलको अहिलेसम्मकै ठूलो आइफोन हुनेछ । यो डिभाइसमा ए १२ बायोनिक प्रोसेसरसँगै एमोलेड स्क्रिन, दुईवटा रियर क्यामेरा तथा ब्याट्री हुनेछन् ।

त्यस्तै आइफोन एक्स एसमा ५.८ इन्चको स्क्रिन हुनुका साथै केही कम क्षमताको ब्याट्री रहनेछ । यसलाई एप्पलले आइफोन एक्सको अपग्रेटेड भर्सनका रुपमा लञ्च गर्नेछ ।