प्लाष्टिक झोलाको विकल्प खोजौं

आधुनिक जीवन यापनसंगै प्लाष्टिकको प्रयोग बढेसंगै चिन्ता बढन थालेको छ । किनकी प्लाष्टिकको प्रयोग जीवन यापनका लागि घातक हो भन्ने पुष्टि भैसकेको छ । २० माईक्रोन भन्दा कमका प्लाष्टिकमा पोको पारिने खानाले क्यान्सरसम्म हुन सक्ने तथ्य सार्वजनिक भैसक्दा समेत हाम्रो समाजमा यसको प्रचलन घटेको छैन । कुनै समय शहर बजारमा मात्रै चलन चल्तीमा रहेको प्लाष्टिकको झोलाको प्रयोग अहिले गाउँ गाउँमा समेत हुन थालेपछि वातावरणविदहरु थप चिन्तित भएका छन् । प्लाष्टिकको प्रयोगले मानव जीवन मात्रै हैन पर्यावरणमा समेत नकारात्मक असर पार्छ । प्रयोग भैसकेका प्लाष्टिक जलाउदा निस्कने धुवाँ र ग्यासले मानव स्वास्थ्यलाई थप जटिल बनाउछ ।

नेपालमा प्लाष्टिकको प्रयोग भएको धेरै भएको छैन । तयारी खानेकुराको माग बढेसँगै प्लाष्टिकको प्रयोग बढेको हो । शहरदेखि गाउँसम्मै आफुलाई आवश्यक परेको सामान खरीद गर्न जाँदा रित्तै जाने प्रवृत्तिले प्लाष्टिकको प्रयोग ब्यापक मात्रामा बढेको छ । सामान बोक्ने झोला मात्रै हैन घरमा प्रयोग हुने सामग्रीमा समेत प्लाष्टिककै बाहुल्यता बढन थालेको छ । पानी पिउने जग, पानी राख्ने वाल्टी, गीलाँस, प्लेट लगायतका प्लाष्टिककै सामग्री प्रयोग बढ्दै आएपछि मानव जीवन गम्भिर संकटमा छ भन्दा फरक पर्दैन । यद्यपि घरमा प्रयोग हुने प्लाष्टिकका सामग्रीवाट मानव स्वास्थ्यमा तत्कालै प्रतिकुल असर नगर्ला तर, ति सामग्री पुराना भएपछि जलाउनुको विकल्प हुँदैन । त्यस्ता सामग्री जलाउदा निस्कने धुवाँले स्वास्थ्यमा प्रतिकुल असर पार्छ । त्यहि धुवाँकै कारण क्यान्सर समेत हुनसक्छ । नेपालका विभिन्न शहरमा प्लाष्टिक नियन्त्रणका लागि भन्दै विभिन्न प्रयाश नभएका होईनन् तर, हाम्रो बजार जाने शैलि र चेतनाको विकासकै कारण प्लाष्टिक प्रयोगमा अपेक्षित सुधार हुन सकेन । कतिपय ठूला डिपार्टमेन्ट स्टोरले अहिले पनि प्लाष्टिकको झोला प्रयोग नगरेर नियन्त्रणका लागि केही पहल गरेका छन् । तर, अधिकांश खुद्रे पसलमा प्लाष्टिककै प्रयोग अत्याधिक हुँने हुँदा प्लाष्टिक जताततै देखिन्छ । प्लाष्टिकको प्रयोग कति घातक छ थप ब्याख्या जरुरी छैन । तशर्थ अब नियन्त्रणका लागि विषेश पहल जरुरी छ । यसका लागि राज्यले केही विषेश नियम बनाउनै पर्छ ।

 नेपालका विभिन्न शहरमा प्लाष्टिक नियन्त्रणका लागि भन्दै विभिन्न प्रयाश नभएका होईनन् तर, हाम्रो बजार जाने शैलि र चेतनाको विकासकै कारण प्लाष्टिक प्रयोगमा अपेक्षित सुधार हुन सकेन । कतिपय ठूला डिपार्टमेन्ट स्टोरले अहिले पनि प्लाष्टिकको झोला प्रयोग नगरेर नियन्त्रणका लागि केही पहल गरेका छन् ।

सवै भन्दा पहिला प्लाष्टिकसंग सम्बन्धित उद्योगका वारेमा सरकारले निती बनाउनु जरुरी छ । प्लाष्टिकका सामग्री उत्पादन गरेरै कतिले उद्यमशिलता प्रस्तुत गरेका होलान् त कतिपयले रोजगारी पाएका छन् । प्लाष्टिकको सामग्री उत्पादनमा लागेकाहरुलाई त्यस्तै प्रकारका अन्य उद्योग सञ्चालनका लागि ‘उद्योग रिप्लेस’मा सरकारले सघाउनु पर्छ । प्लाष्टिकका झोला एवं अन्य भाँडाकुँडा बनाउनेहरुलाई त्यस्तै प्रकृतिका उद्योगका रुपमा रुपान्तरण गर्नुपर्छ । प्लाष्टिकका झोलाको साथै अन्य विभिन्न जुट एवं कपडाको झोला प्रयोग गर्न सकिन्छ भने गाउँ गाउँमा प्रयोग हुने प्लाष्टिकको झोलाको सट्टामा जुट बाबियो वा अन्य घरेलु सामग्रीको विकल्प खोज्न सकिन्छ ।